भोली हुने एमाले शिवराजको अधिवेशनको तयारी पुरा,२ सय ११ जना प्रतिनिधीले भाग लिने
कपिलवस्तु-कपिलवस्तुको शिवराजमा भोली (कात्तिक ९ गते) हुने नेकपा एमालेको नगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । शिवराजका एघार वटै वडा भित्रबाट नगर अधिवेशनको लागि २ सय ११ जना प्रतिनिधीले भाग लिने एमाले शिवराजले जनाएको छ ।
शिवाजको नगर अधिवेशन सम्पन्न गर्नका निम्ति एमाले कपिलवस्तुले नेत्रराज अधिकारी लाई अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी प्रदान गेको एमाले कपिलवस्तुले जनाएको छ ।नगर अधिवेशनमा प्रमुख अतिथिको रुपमा ने क पा एमालेका केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेश सह इन्चार्ज गिरीधारी लाल न्यौपाने ,तथा जिल्ला तहका एमाले नेताको सहभागिता रहने ने कपा एमाले शिवराज नगर कमितीका अध्यक्ष जगत पौडेलले बताउनुभयो ।
यस अघि गत ६ गते नै शिवराजका एघार वटै वडामा सर्वसम्वत ने क पा वडा कमिटीको वडा अधिवेशन सम्पन्न भएको छ ।यो अधिबेशनमा शिवराज नगर बाट १३ सय ८८ संगठित सदस्यले भाग लिने बताईएको छ ।