Connect with us
Kapilvast Forest

एमालेले चिन्न नसकेका योद्धाहरु…

२०७८, ९ कार्तिक मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी: न्युज सेन्टर नेपाल-
नेकपा एमालेबाट विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी अहिले नेपालको राजनीतिमा तरङ्ग ल्याएको छ । पुर्व प्रधानमन्त्री कम्युनिस्ट आन्दोलनका अगुवा नेता माधव कुमार नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादि) पार्टीले पछिल्लो समय आफ्नो संगठन विस्तारमा जोड दिएको छ । नेकपा एसले संघीय, प्रदेश र स्थानीय तहमा समेत कार्यकर्ताहरुलाई संगठित गरिरहेको छ । नेकपा एसले कपिलवस्तुमा समेत आफ्नो राजनीतिक क्रियाकलापलाई अग्रता दिएको छ ।
नेकपा एमालेमा दिलोज्यान दिएर लागेका कार्यकर्ता धमाधम एमाले त्याग गरी नेकपा एसमा संलग्न हुन थलेको छन् । एमाले परित्याग गरी नेकपा एसमा आएका नेताकार्यकर्तालाई एमालेले रातारात फर्काउनमा जुटेको छ ।
नेकपा एमालेमा अहोरात्र खटेका तर एमालेले चिन्न नसकेका नेता कर्याकर्ताको अधिकांस रहेको छ । एमालेमा रहि जिवनकालमा महत्त्वपूर्ण योगदान पुर्याएका वौद्धिक बर्ग नेकपा एसमा लागेका छन् । कपिलवस्तुको हकमा हेर्दा लकां बहादुर हमाल, क्षेत्र बहादुर खत्री, अहमद अब्दुल रउफ, मिना परियार, जिवलाल पौडेल, ओम प्रकाश कुर्मी, सरोज पौडेल लगायतका नेता कार्यकर्ता अहिले नेकपा एसका मुख्य स्तम्भक रुपमा देखिएका छन् । कपिलवस्तुको पश्चिम, दक्षिण क्षेत्रमा एमालेमा रहि महत्त्वपूर्ण भुमिका निर्वाह हरेका नेताहरु अहिले नेकपा एसमा लागेपछि नेकपा एमालेको धरातल धरमराएको छ । नेकपा एमालेमा रहेको समयमा लंका हमाल, क्षेत्र बहादुर खत्री, अब्दुल रउफ, मिना परियार, जिवलाल पौडेल, ओम प्रकाश कुर्मी, सरोज पौडेललाई कहिले पनि महत्त्वपूर्ण जिम्मेवारी दिइएको पाइदैन ।
नेकपा एमालेमा रहेका योद्धाहरुलाई एमालेले कहिले पनि चिन्न सकेन । एमाले पार्टीमा केहि बिचार राख्दा यि ब्याक्तिहरुलाई कहिल्यै पनि अवसर पाएको इतिहास छैन । एमालेमा रहि प्रष्ट बोल्दा अघि बढ्नुको सट्टा जहिले पनि पछाडी पर्नु परेको थियो ।
नयाँ जिम्मेवारी
लंका बहादुर हमाल 

कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा घर भएका लंका बहादुर हमाल अहिले नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । एमालेमा रहदा कैयौं पटक आलोचना भोगेका हमाल आफ्नो जिवनकालमा महत्त्वपूर्ण संर्घष गर्दै नेकपा एसको कपिलवस्तुको जिम्मेवारी पाउनु भएको छ । नेकपा एमाले शिवराजका नेता कार्यकर्ताले पत्याउन नसकेका हमाललाई नेकपा एसले जिल्ला अध्यक्षको जिम्मेवारी दिएको छ । नेकपा एमालेका नेताकार्यकर्ता हमालको अगाडि फिका परेका छन् । एमालेले पहिचान गर्न नसकेको हमाललाई नेकपा एसले राम्रोसँग साइनो गाँसेको छ ।
क्षेत्र बहादुर खत्री
कपिलवस्तुको विकासमा अग्रसर रहने र नेकपा एमालेमा केहि विबाद हुदा मिलाउन मात्र बोलाउने तर अवसरबाट बन्चित मध्ये क्षेत्र बहादुर पनि पर्नु हुन्छ । खत्री एमालेको पुरानो कार्याकर्ताको रुपमा परिचित हुनुन्छ । प्रदेश सभाको निर्वाचन र स्थानीय तहको चुनावमा शिवराज नगरपालिकाको नगर प्रमुख, उपप्रमुख जिताउनुमा खत्रीको योगदान अतुलनीय रहेको छ । खत्री नेकपा एसको केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज चयन भएपछि त्यस क्षेत्रमा एमालेको जग हल्लिएको छ ।
तत्कालीन विरपुर गाविस अध्यक्ष रहेका खत्री नेकपा एमालेको केन्द्रिय स्तरको जिम्मेवारी कहिले पनि पाउनु भएन । नेकपा एसमा आएपछि खत्री अहिले केन्द्रिय सदस्य र जिल्ला इन्चार्ज चयन भइ सक्रिय भुमिका निर्वाह गरिरहनु भएको छ ।
मिना परियार
कुनै समय थियो एमालेमा महिला नेतृको नाम आउदा मिना परियारको नाम एक नम्बरमा आउथ्यो ।
मिना परियार दलित भएकोले एमाले मै अवसरबाट बन्चित हुनु परेको छ । २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा मिना परियार उम्मेदवार हुदा चुनावमा दलितको प्रचार किन गर्ने भन्दै एमालेकै नेताकार्यकर्ताबाट भोगेको इतिहास ताजै छ । महिला अधिकारको क्षेत्रमा जिवन भर एमालेमा काम गर्नु भएको मिना परियारलाई कोरम पुर्याउन मात्र कुनै कमिटीमा राखिने गरेको परियारको अभिव्यक्तिबाट समेत प्रष्ट हुन्छ । एमालेले परियारलाई कार्यपालिका सदस्य बनाउन आनाकानी गरेको समयमा नेकपा एसले केन्द्रिय सदस्य र जिल्ला सह-इन्चार्जको जिम्मेवारी तोकेको छ । मिना परियार नेकपा एसको जिम्मेवारी पाएपछि एमालेमा महिला नेतृत्वको कमि भएको छ । मिना परियार नेकपा एसको केन्द्रिय सदस्य चयन भएपछि कपिलवस्तुको महिला अधिकारकर्मी समेत खुसि भएका छन् ।
अहमद अब्दुल रउफ
अहमद अब्दुल रउफ नेकपा एसको निर्वाचन विभागका केन्द्रिय सदस्य हुनुन्छ ।
एमालेका पिल्लर मानिन्थे तर कहिले पनि अवसर पाउनु भएन । करीब ४० बर्ष एमालेमा योगदान गर्नु भएको रउफ एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य भन्दा माथि पुग्न सक्नु भएन ।

जिवलाल पौडेल
कपिलवस्तु चन्द्रौटा निवासी जिवलाल पौडेल नेकपा एसका लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुन्छ । स्थानीय तहको निर्वाचन र प्रदेश सभा निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार विजयी बनाउन र महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु भएका जिवलाल पौडेललाई एमालेले कहिले पनि अवसर र जिम्मेवारी दिएन ।

ओम प्रकाश कुर्मी
ओम प्रकाश कुर्मी नेकपा एकीकृत समाजवादी पार्टी कपिलवस्तुका सह सचिव हुन् । एमालेले चिन्न नसकेको योद्धा मध्ये कुर्मे पनि एक हुन ।
कपिलवस्तुको पश्चिम क्षेत्रमा एमालेको सच्चा कर्मठ छवि बनाएका ओम प्रकास कुर्मी पनि अवसर पाउनु भएन । एमालेले कुर्मीलाई पहिचान नै गर्न सकेन । एमालेको कोहिनुरको रुपमा रहेका कुर्मी जिवनभर एमालेको गुणगान गाय तर अवसर पाएन्न ।

सरोज पौडेल
सरोज पौडेल कपिलवस्तु शिवराज नगर क्षेत्रका एक युवा उदयमान नेताको रुपमा परिचित हुनुन्छ । पौडेल नेकपा एकीकृत समाजवादी पार्टि शिवराज नगर कमिटीका नगर अध्यक्ष हुनुन्छ। नेकपा एमालेको नगर कमिटीमा मुस्किलले अटेका थिए । एमालेका केहि ब्यक्तिका ब्यक्तिगत स्वार्थका कारण पौडेललाई एमालेमा अवसरबाट बन्चित हुनु परेको थियो ।  (नोट- माथि उल्लेखित अक्षरांश नेताहरुले विभिन्न कार्यक्रममा दिएको अभिव्यक्तिबाट लिएको र तस्वीरहरु सामाजिक सन्जालबाट साभार गरिएको हो ।)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu