Connect with us
Kapilvast Forest

पाँचथर बाढीमा बेपत्ताको खोजीमा कुकुर परिचालन

२०७८, ९ कार्तिक मंगलवारमा प्रकाशित

पाँचथर – एक साता अघि बाढीले बगाएर बेपत्ता भएका पाँचथरको फिदिम नगरपालिका(६ सिवाका प्रेम आले मगरको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका उनको शव शिवा खोलामै फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बमौसमी वर्षाका कारण गत साता पाँचथरमा बाढीपहिरो आएको थियो । यी घटनामा पाँचथरमा मात्र ३१ जनाले ज्यान गुमाएमा छन् । बाढीपहिरोमा परी मिक्लाजुङ गाउँपालिकाका तीन जना अझै बेपत्ता छन् । बेपत्ताको खोजीका लागि प्रहरीको तालिम प्राप्त कुकुर झिकाइएको छ ।

तालिम प्राप्त कुकुरसहितको टोली हिजो मिक्लाजुङ(४ रबि आइपुगेको र खोजी कार्य सुरु हुने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu