Connect with us
Kapilvast Forest

ठूलोमात्रामा नक्कली नोटसहित महोत्तरीबाट महत पक्राउ

२०७८, ११ कार्तिक बिहीबारमा प्रकाशित

pakrau-

जनकपुर – महोत्तरीमा नक्कली नोटसहित एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा गौशाला नगरपालिका–९ डुवरबानाका ४४ वर्षीय सुकन महतो रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनु भयो ।

उहाँका अनुसार बुधबार साँझ नक्कली नोटसहित महतोलाई गौशाला बजारबाट पक्राउ गरिएको हो। पक्राउ परेका महतो तरकारी व्यापारी रहेको प्रहरीले जनाएको छ।महतोले गौशाला बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयले दिएको जानकारीपछि इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले नक्कली नोट कारोवारी महतोलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बस्यालले जनाए।

उनका अनुसार प्रारम्भिक अनुसन्धान गर्दा व्यापारी महतोको डेराबाट २ लाख ८० हजार ९ सय २९ रुपैयाको भारतीय नोट र नेपाली ८ लाख ९७ हजार ४ सय ३५ रुपैया बरामद समेत भएको छ। ती सबै नोट नक्कली रहेको प्रहरी निरीक्षक बस्यालले बताउनु भयो ।यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu