Connect with us
Kapilvast Forest

नेकपा एकिकृत समाजवादी कपिलवस्तुको प्रथम पदाधिकारी बैठक सम्पन्न

२०७८, ११ कार्तिक बिहीबारमा प्रकाशित

कपिलवस्तु -नेकपा एकिकृत समाजवादी कपिलवस्तुको प्रथम पदाधिकारी बैठक विहिवार बुद्धभुमी नगरपालीका स्थीत गोरुसिँगेमा विभिन्न निर्णय गदैं सम्पन्न भएको छ । बैठकले जिल्ला कमिटिका सम्पुर्ण पदाधिकारी सहित १३ सदस्यीय सचिवालय कमिटि गठन गदैं कार्य विभाजन समेत गरेको छ । जस अनुसार संगठन विभागको संयोजकमा सर्बेन्द्रदेव खनाल, सह संयोजक ओम प्रकाश कुर्मी र सदस्यमा कमल भट्राई रहेका छन् ।

यसैगरी प्रचार विभागको संयोजकमा विकास बन्जाडे, सहसंयोजकमा चन्द्रकान्त न्यौपाने, सदस्यमा विनोद भट्राई, दिपक अनुरागी, दिपा महत रहेका छन् । त्यसैगरी पाटि स्कुल विभाग संयोजकमा लंक बहादुर हमाल, सहसंयोजक कमल भट्राई, सदस्य चेतना शर्मा, यस्तै आर्थिक विभाग संयोजकमा नेत्रलाल खनाल, सहसंयोजक सरोज पौडेल, सदस्यमा फैजल खान, इन्तेखाँन अहमद खाँ रहेका छन् ।

त्यसैगरी सचिवालयको पहिलो बैठकले १० बटै स्थानीय तहका वडामा आगामी मंसीर २ गतेभित्र अधिवेशन सम्पन्न गर्ने, मंसीर ७ गतेभित्र सवै नगरमा अधिवेशन सम्पन्न गरी मंसीर ११ गते चन्द्रौटामा बृहत जिल्ला भेला गर्ने निर्णय गरेको छ ।

 

बैठकले केन्द्रिय सदस्यमा मनोनित क्षेत्र बहादुर खत्री, मिना परियार, केन्द्रिय निर्वाचन विभाग सदस्य अहमद अव्दुल रउफ, त्यसैगरी प्रदेश सदस्यमा मनोनित अजिजुर रहमान शेख, एमडी हसन, मोहन रिजाल, विजुला खनाल, जिवलाल पौडेल लगायतलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

साथै सचिवालय बैठकले नजिकिएको दिपावली, छठ, नेपाल संम्वतको अवसरमा सम्पुर्ण नेपालीमा शुभकामना व्यक्त गदैं परिवर्तनको पक्षमा लाग्न आग्रह समेत गरेको छ । बैठक नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष लंक बहादुर हमालको अध्यक्षता पार्टि केन्द्रिय सदस्य क्षेत्र बहादुर खत्रीको प्रमुख आतिथ्यता, उपाअध्यक्ष गिता अन्जानको स्वागत, सचिव सर्बेन्द्र देव खनालको सन्चालनमा सम्पन्न भएको प्रचार विभाग संयोजक विकास बन्जाडेले जनाएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu