Connect with us
Kapilvast Forest

कपिलवस्तुको विजयनगरमा करेन्ट लागेर एक युवकको मृत्यु

२०७८, १२ कार्तिक शुक्रबारमा प्रकाशित

कपिलवस्तु-

कपिलवस्तुमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । जिल्लाको विजयनगर गाउँपालिका–१ भागिरामपुर बस्ने ३३ वर्षीय सूर्य बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको हो ।

 

आफ्नो घर नजिकै विहिवार विहन करि ९ बजे तिरको समयमा पानी तान्ने मोटरको चुडिएको तार जोड्न मुखले तार छिल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सन्जिवनी अस्पताल चन्द्रौटा हुँदै शिवराज अस्पताल बहादुरगंजमा थप उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुर  प्रहरीले जनाएको छ । मृत्यु घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj