Connect with us
Kapilvast Forest

एमाले केन्द्रीय कमिटी बैठक सुरु, महाधिवेशनकाे तयारीकाे विषयमा छलफल गरिने

२०७८, १२ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौँ– दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) कोे केन्द्रीय कमिटीको बैठक आज शुक्रवार सुरु भएको छ ।ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति भवनमा भइरहेकाे बैठकमा महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड र कार्यतालिकाबारे हिजाे बिहीवारको स्थायी कमिटी बैठकमा निर्णय अनुमोदन, वडा र पालिकाको अधिवेशनको रिपोर्टिङ र समीक्षाको कार्यसूची राखिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार पाँच सय ३६ प्रतिनिधि छान्ने तय गरेको थियो ।

आउँदाे मङ्सिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषद्बाट दुई सय ६२ जना पदेन प्रतिनिधि हुनेछन् । यस्तै भूगोलबाट एक हजार एक सय ९६ र प्रवास क्षेत्रबाट २० तथा पार्टी निकट प्रत्येक जनसङ्गठनबाट पाँच जना प्रतिनिधि चयन हुनेछन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu