आगामी निर्वाचनसम्म गठबन्धन रहन्छः अध्यक्ष नेपाल
स्याङ्जा-नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म मिलेर जाने बताउनु भएको छ ।
एकीकृत समाजवादी स्याङ्जाको पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा उनले देशैभरी एकीकृत समाजवादीमा जनलहर बढेको दाबी गर्नु भयो । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सबै नेपाली जनतालाई खोप लगाउने व्यवस्था मिलाउने बताउँदै अबको केही दिनपछि १२ वर्ष माथिका बालबालिकालाई खोप लगाउने बताउनु भयो ।