Connect with us
Kapilvast Forest

जसपालाई प्रचण्डद्वारा पार्टी एकताको प्रस्ताव

२०७८, १३ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीसँग एकताको प्रस्ताव गर्नु भएको छ ।शनिबार सर्लाहीमा आयोजित कार्यक्रममा उहाँले छिटै पार्टी एकता गर्न प्रस्ताव गर्नु भएको हो ।

 

कार्यक्रममा आफूसँगै उपस्थित जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उहाँले भन्नु भयो ‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौं, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने

जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई राम्रोसँग चिन्ने भन्दै प्रचण्डले भन्नु भयो , ‘गठबन्धन त हामीले गरेकै छौं । अब पार्टी एकता गरौं । ढिलो नगरौं, तपाईंहरुलाई चाहिने अधिकार र सम्मान हामी दिन्छौं ।’

प्रचण्डले पार्टी एकताको छिटो निर्णय गरेर जनकपुरमा घोषणा गर्नुपर्ने पनि बताए । ‘नडराई पार्टी एउटै बनाऔं, सिद्धियो, म जनकपुरमा आउँछु । जनकपुरमा घोषणा गरौं’ उहाँले भन्नु भयो ।

प्रचण्डले अघि भन्नु भयो , ‘एकता मन परेन भने भन्यो भने तपाईहरुमा पनि केही पल्क्यो भन्ने बुझे हुन्छ, भीरबाट हामफाल्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन । अब मधेस माओवादीमय हुनेछ ।’

मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त नहुने र विकास पनि नहुने प्रचण्डले दावी गर्नु भयो ।प्रचण्डले आफूलाई मधेसको मसिहा भन्ने महन्थ ठाकुर र राजेन्द्र महतो मधेसविरोधी केपी शर्मा ओली नेतृत्वमा सहभागी भएको टिप्पणी गर्नु भयो ।‘को मधेसको मित्र हो, को मधेसको दुश्मन हो रु’ उहाँले प्रश्न गर्नु भयो ‘महन्थ ठाकुरहरु मधेसी हुन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu