एमाले कपिलवस्तुद्वारा १ सय ४६ सदस्यि जिल्ला कमिटी विस्तार
कपिलवस्तु-नेकपा (एमाले) जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा सम्पन्न पदाधिकारीको १५ औं वैठक महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको एमाले जिल्ला कार्यालय सचिव धर्मराज भुसालले जानकारी दिनु भयो ।
वैठकले जिल्ला सचिवालय विस्तार गरी ४७ सदस्यि जिल्ला सचिवालय र जिल्ला कमिटी विस्तार गरी १ सय ४६ सदस्यि जिल्ला कमिटी पु¥याएको छ । सोही वैठकले जिल्ला सल्लाहकार, जिल्ला विभागहरु समेत विस्तार गरेको एमाले कपिलवस्तुले जनाएको छ ।
त्यस्तै वैठकले प्रदेश कमिटी तथा स्थानिय कमिटीमा जिम्मेवारी प्राप्त गर्नुहुने सबैलाई धन्यावद ज्ञापन गर्दै विदा गरेको जनाएको छ । वैठकले जिल्ला कमिटी सदस्य पार्वती पाण्डेकी पिता गुल्मी रुपाकोट निवासी ८८ वर्षे पिताम्बर भण्डारी र ७८ वर्षे माता इन्द्रकला भण्डारीको निधन प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।
वैठक एमाले केन्द्रि सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज गिरधारीलाल न्यौपानको प्रमुख आतिथ्यता, एमाले केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज विमला घिमिरे ,एमाले लुम्बिनी प्रदेशका कार्यालय सचिव बलराम अधिकारी लगायतका नेताहरुको आतिथ्यतामा सम्पन्न भएको एमाले कपिलवस्तुले जनाएको छ ।