Connect with us
Kapilvast Forest

यस्तो बन्दैछ लुम्बिनी प्रदेशसभा भवन स्थायी राजधानी

२०७८, १४ कार्तिक आईतवारमा प्रकाशित

दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा प्रदेशसभा भवन निर्माण कार्य तीव्र पारिएको छ । दाङको देउखुरीमा पूर्ववर्ती सरकारले ६ महिना अघि सुरु गरेको प्रदेशसभा भवन निर्माण कार्य सुस्त भएपछि केहीदिन अघि अवलोकनमा पुगेका मुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्ती लगायतको टोलीले अब ५० दिनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनु भएको थियो ।

राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालय क्षेत्रमा ५ करोड २१ लाख ९३ हजार ९५८ रुपैयाँको लागतमा प्रदेशसभा भवन निर्माण भइरहेको हो । २०७८ वैशाख २४ मा ठेक्का सम्झौता गरी निर्माणको काम सुरु गरिएको थियो ।

वि।सं। २०७८ असार मसान्त भित्रै निर्माण सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्धारित समयावधी साढे दुई महिना घर्किसकेको छ भने प्रगति निराशाजनक रहेको छ।

निर्माणाधीन प्रदेशसभा भवनको स्थलगत निरीक्षणमा ठेकेदारको लापरबाही र ढिलासुस्ती देखेपछि मुख्यमन्त्री के।सी।ले एक्सन लिएका थिए । निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै मुख्यमन्त्री केसीको निर्देशनमा निर्माणस्थलबाटै ठेकेदारलाई पक्राउ गरेर केही घण्टा प्रहरीको नियन्त्रणमा राखिएको थियो । द्रुत गतिमा काम गर्ने सर्तमा ठेकेदारलाई त्यतिबेला छाडिएको थियो ।

अबको डेढ महिनाभित्र प्रदेशसभा भवन सरकारलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको निर्माण व्यवसायी एमएस ड्राइगन बस्नेत जेभीका सञ्चालक यज्ञबहादुर केसीको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu