कपिलवस्तमा देउसी–भैलो राति ८ बजेसम्म मात्र खेल्न पाईने
कपिलवस्तु-जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम विहान ७ बजेदेखि राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ ।
प्रशासनले शुक्रबार सूचना जारी गरी कोभिड–१९ रोगको सङ्क्रमणदर अपेक्षित घट्न नसकेको र यसको प्रकोप बढ्न सक्ने भन्दै स्वास्थ्य मापण्ड पूर्णपालना गरी देउसी–भैलोजस्ता नाचगान कार्यक्रम राति ८ बजेसम्म मात्र सञ्चालन गर्न जिल्ला प्रशाशन कार्यालय कपिवस्तुले जारी गरेको सुचनामा उल्लेख छ । देउसी भैलो कार्यक्रम संचालन पूर्व नजिकको प्रहरी कार्यालयमा समन्वय गरी जिल्ला सुरक्षा समितिले बनाएको विविध शर्तसहितको फारम भरेर मात्र जिल्लामा देउसी भैली खेल्न पाइने भएको हो ।
यसैगरी देउसी–भैलो कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित र अनुशासितरूपमा सञ्चालन गर्नसमेत आग्रह गरिएको छ। प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवं बिक्री वितरण नगर्न आग्रह गरेको छ ।
चाडपर्वका समयमा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिकस्थलमा होहल्ला गर्ने एवं झैझगडा गर्ने कार्यमा रोक लगाइएको प्रशासनले जनाएको छ । सार्वजनक सथलहरुमा अनावश्यक भीडभाड हुन नदिइ स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न पनि अपिल गरिएको छ ।
कोरोनाको जोखिमका कारण पनि यस वर्ष नागरिकहरु चाडपर्वलाई सामान्य किसिमले मनाउने तयारी गरेका छन् । साथै जिल्लाका विभिन पालिकामा झाडापखालाको प्रकोप बढेको भन्दै सचेरह आग्रह समेत गरेको छ ।जिल्लला प्रशासन कार्यालय कपिलवस्तुद्वारा प्रकासित सुचना
