Connect with us
Kapilvast Forest

उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा परीक्षा बोर्डका प्रदेश प्रमुख तानिए

२०७८, १६ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौँ — कक्षा १२ को उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश १ विराटनगरका प्रमुख डम्बर बतासलाई बोर्डले काठमाडौं सरुवा गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।

बतासले निजी विद्यालयका उत्तरपुस्तिका सम्बन्धित विद्यालयकै शिक्षकलाई परीक्षण गर्न दिएर अनियमितता गरेको सार्वजनिक भएपछि बोर्डको केन्द्रीय कार्यालयमा सरुवा गरिएको हो । उनीमाथि छानबिन गर्न बोर्डका सदस्य तथा शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्माको संयोजकत्वमा छानबिन समिति गठन भएको छ ।

 

बोर्डले प्रदेश कार्यालयहरुमा परीक्षण केन्द्रहरु तोकेर उत्तरपुस्तिका जाँच गर्ने व्यवस्था मिलाएको थियो । बोर्ड स्रोतका अनुसार बतासले विराटनगरस्थित मेरिल्यान्ड स्कुलका शिक्षकलाई आफ्नै विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न दिएका थिए । परीक्षण अधिकृत सीमा राईको स्वीकृतिबिनै अंग्रेजी बिषयको उत्तरपुस्तिका आफ्नै विद्यालयका शिक्षकले परीक्षण गरेको पाइएपछि विवाद भएको थियो । ती उत्तरपुस्तिका पुनस् परीक्षण गर्दा शिक्षक गणेश दाहालले अस्वाभाविक अंक दिएको भेटिएको विराटनगर बोर्ड कार्यालयका एक कर्मचारीले बताउनु भयो । उहाँले परीक्षण गरेको एक सयभन्दा बढी उत्तरपुस्तिका पुनस् परीक्षण गरिएको बोर्डले जनाएको छ ।

विराटनगरको गोग्राह माध्यमिक विद्यालयमा प्रदेश १ को उत्तरपुस्तिका परीक्षण गर्ने केन्द्र तोकिएको छ । असोज १६ देखि सुरु भएको परीक्षणमा प्रमुख बतासले नै अनियमितता गरेको आरोप लागेको हो । उनी बोर्डका पूर्वपरीक्षा नियन्त्रकसमेत हुन् । मेरिल्यान्डलगायत अन्य ठूला निजी विद्यालयको उत्तरपुस्तिका पनि सम्बन्धित विद्यालयकै शिक्षकलाई परीक्षण गराउन दिएको त्यहाँका कर्मचारीले बताउनु भयो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले प्रदेश कार्यालयबाट गुनासो आएपछि बतासलाई केन्द्रमै हाजिर गराएर निमित्त प्रमुख तोकिएको जानकारी दिए । प्रदेश १ का सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुले घट्नाको सत्यतथ्य छानबिन गरी कारबाहीको माग गरेका छन् ।

भदौ ३१ देखि असोज ८ सम्म विद्यालयले पढेकै विद्यालयमा कक्षा १२ को परीक्षा सञ्चालन गरेका थिए । कोभिडका कारण होमसेन्टरमा नै परीक्षा सञ्चालन गरे पनि बोर्डले उत्तरपुस्तिका फरकरफरक विद्यालयका शिक्षकबाट परीक्षण गर्ने व्यवस्था मिलाएको छ । गतवर्ष सम्बन्धित शिक्षकलाई परीक्षण गर्न दिँदा जथाभावी अंक दिएर ४ मा ४ जीपीए ल्याउनेसहित उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या वृद्धि भएको थियो ।

विराटनगरमा भने निजी विद्यालयका उत्तरपुस्तिका सोही विद्यालयका शिक्षकलाई परीक्षण गर्न दिइएको बोर्डका कर्मचारी बताउँछन् । तर, सदस्यसचिव अर्यालले शंका लागेका उत्तरपुस्तिका पुनस् परीक्षण गरिएको र बोर्डले सम्परीक्षणसमेत गर्ने बताउनु भयो । ‘लगभग देशभरका उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ, बोर्डले सम्परीक्षण गर्दै इन्ट्रीको काम गरिरहेको छ,’ उहाँले भन्नु भयो । बोर्डले मंसिर पहिलो साताभित्र नतिजा प्रकाशन गर्ने समयतालिका बनाएको छ ।

गतवर्ष कोरोना महामारीका कारण संक्षिप्त परीक्षा लिइए पनि यसपालि शतप्रतिशत पूर्णांकमा परीक्षा सञ्चालन गरिएको थियो । ४ हजार ३ सय १५ विद्यालयका ३ लाख ७१ हजार परीक्षार्थी सहभागी थिए । वैशाखमा तय भएको परीक्षा निषेधाज्ञाका कारण स्थगित गरिएको थियो । पुनस् साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने तय भए पनि सीसीएमसीको सिफारिसमा रोकिएको थियो । कक्षा १२ को नतिजा प्रकाशित भएपछि मात्र विश्वविद्यालयहरुमा स्नातक तहको नयाँ भर्ना र पठनपाठन सुरु हुन्छ ।कान्तिपुर

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu