Connect with us
Kapilvast Forest

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै तेस्रो दिनको विरोध कार्यक्रम शुरु

२०७८, १६ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले तेस्रो दिनको विरोध कार्यक्रम शुरु गरेका छन् ।प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँचदिने समयसीमाको आज अन्तिम दिन पनि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् ।

 

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै कात्तिक १४ गतेदेखि एक घण्टा धर्ना दिंदै आएको छ । आज सम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने निर्णय नेपाल बार एशोसिएसनले गरेको छ ।प्रधानन्यायाधीश जबराले भने कसैले माग्दै राजीनामा नदिने अडान राख्दै आएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu