Connect with us
Kapilvast Forest

अब एमालेको सरकार बनेपछि कसैले ढाल्न सक्दैन : ओली

२०७८, १६ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं-एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढाल्न विपक्षीलाई साढे तीन वर्ष लागेको बताउनु भएको छ । मंगलबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब बन्ने एमाले नेतृत्वको सरकार कसैले ढाल्छु भनेर पनि नसक्ने दावी गर्नु भयो ।

‘नेकपा एमालेको सरकार साढे तीन बर्षमा बल्ल ढाले । पहिला पनि एकपटक ढालेका थिए । पहिले सरकार बनेको नौ महिनामा ढालेका थिए । अहिले साढे तीन बर्ष लाग्यो, अव बनेपछि कसैले ढाल्छु भनेर कसैले नचिताए हुन्छ’, ओलीको भनाइ छ ।

उहाँले राम जानकीको सालिक बनाउनेदेखि लिम्पियाधुराको भूमि समेटेर नेपालको नक्सा बनाउने एमाले नै भएको भन्दै जनतालाई एमाले सरकारले गरेका काम देखाउन आग्रह गर्नु भयो । उहाँले माडीको विकास भएन भनेर आफू प्रचण्डको जिम्मा जमानी बसेर जिताएको भन्दै तर प्रचण्ड नै फुत्किएको टिप्पणी पनि गर्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu