Connect with us
Kapilvast Forest

एमालेले १०औं महाधिवेशनमा माधव नेपालको पार्टीलाई नबोलाउने

२०७८, १७ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेले चितवनको भरतपुरमा गर्न लागेको १०औ महाधिवेशनमा एमालेबाट बिभाजित भएर बनेको एकीकृत समाजवादीलाई नबोलाउने भएको छ ।एमाले प्रचार विभागले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकीकृत समाजवादीलाई नबोलाउने बताउनु भएको छ ।

 

‘हामीले पार्टीको दशौं महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई बोलाउने निर्णय गरेका हौं,’ भट्टराईले भन्नु भयो ‘राजनीतिक दलहरुको अवैध सम्बन्धबाट राजनीतिक दलहरुको नाममा बनेका समूहलाई हामीले बोलाउँदैनौ ।’

उनले एकीकृत समाजवादीको पहिचान पनि नभएको र पत्राचार गर्ने ठाउँ पनि नभएको बताउनु भयो । एमालेमै रहने निर्णय गर्नुअघि उनी एमालेका तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपालको पक्षमाहुनुन्थ्यो ।

गैर सांसदहरु रहेको दललाई संसदमा प्रवेश दिएको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ। एमालेको अबरोधकै बीचमा संसदको बर्खे अधिवेशन अन्त्य भइसकेको छ ।एमालेले पार्टीको १०औं महाधिवेशनमा मुलुकका विभिन्न राजनीतिक दल तथा मित्रराष्ट्रहरुका दलका प्रतिनिधिलाई बोलाउने निर्णय गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu