Connect with us
Kapilvast Forest

काङ्ग्रेसद्वारा चाडवाडको अवसरमा विजयनगरमा शुभकामना आदान प्रदान

२०७८, १७ कार्तिक बुधबारमा प्रकाशित

  नवराज पौडेल, कपिलवस्तु – कपिलवस्तुको विजयनगर गाउँपालिकामा शुभ दिपावली तथा छठ पर्वको अवसरमा नेपाली काङ्ग्रेसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रस गाउंपालिका नगर कार्य समितीको आयोजनामा विजयनगर वडा नंम्वर ३ जगदिशपुुरमा शुभकामना आदान प्रदान चियापान तथा नव निर्वाचित पदाधिकारीहरुमा सम्मान कार्यक्रम सम्पन भएको हो ।

नेपाली कांगे्रस विजयनगर गाँउ कार्यसमितीका सभापति जानकी प्रसाद यादवको सभापतित्व तथा नेपाली कांग्रेस क्षेत्र ३ का सांसद अभिषेक प्रताव शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि शाहले १६ गते विजयनगरमा गरेको चियापान कार्यक्रम अवैधानिक भएको बताउंदै आज वैधानिक रुपमा कार्यक्रम सम्पन्न गरिएको बताउनु भयो ।

नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले आफ्नो अन्तिम श्वास सम्म जनताको सेवामा सर्मपित हुने बताउदै नेता बन्न जनता माझमा गई काम गर्नुपर्ने बताउनु भयो । विजयनगरमा पछिल्लो समय कांग्रेसमा बेथिती देखिएको सबै नेता तथा कार्यकर्ता एक जुट हुन सुझाव दिनु भयो ।

आगामी स्थानिय तहको चुनाव मा विजयनगरमा जानकी प्रसाद यादवको विकल्प अरु हुन नसक्ने र पार्टीको टिकट समेत यादवले पाउने उहांले ठोकुवा गर्नु भयो । नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति सुधाकर पाण्डेयले वडा तथा नगरमा भएको १४ औं महाधिवेशनमा लोकतान्त्रिक पद्धतीबाट चयन भएका पदाधिकारीलाई मान्नु पर्ने र नेतृत्वमा पुगेका साथीहरुले समेत सबैलाई मिलाएर लैजान सके कांग्रसलाई मजबुद बनाउन सकिने बताउदै नेपालीहरुको महान चार्ड शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्याक्त गर्नुभयो ।

नेपाली कांग्रेसका जिम्मेवार नेता विरेन्द्र कुमार कनोडियाले पार्टी को विधान विपरित हिडेको भन्दै नेपाल मुस्लिम संघका केन्द्रिय विभाग केन्द्रिय सदस्य प्यार महोमद मियांले खेद प्रटक गर्नुभयो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता अजय थापाले बमौसमी बर्षाले किसानहरुको धान वालीमा अत्याधिक क्षति भएकोले प्रदेश तथा संघिय सरकार संघ किसानका लागी क्षतिपुर्ती छिटो उपलव्ध गराउन माग गर्न सांसद शाहलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सांसद अभिषेक प्रताव शाह,पुर्व जिल्ला सभापति सुधाकर पाण्डेय,जिल्ला उपसभापती राम आशिष पाण्डेय, सचिव महेन्द्र पाठक, मुस्लिम संघका केन्द्रिय सदस्य प्यार महोमद मियां, , महादिवेशन प्रतिनिधी कृष्ण पौडेल युवा नेता अजय थापा, युवा नेता राजु खराल, मेघराज रेग्मी लगाएतले सम्बोधन गर्नुभएको थियो ।कार्यक्रम अजयमणी त्रिपाठीको स्वागत तथा उप सभापति कृष्ण प्रसाद आर्चाय को संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस का जिल्ला स्थानिय स्तर सम्मका नेता तथा कार्यकर्ता हरुको बाक्लो उपस्थिती रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu