Connect with us
Kapilvast Forest

धितोपत्र बोर्डका अध्यक्षमा आधा दर्जन आकांक्षी

२०७८, १८ कार्तिक बिहीबारमा प्रकाशित

 

काठमाडौं – पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न लबिइङ शुरु भएको छ । नियुक्तिका लागि आधा दर्जन आकांक्षीहरु यतिबेला शक्तिकेन्द्र धाउन थालेका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा बिवादमा परेपछि तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले पदबाट बर्खास्त गरेको थियो ।

ढुंगाना पदबाट बर्खास्तीमा परेपछि रिक्त अध्यक्ष नियुक्ति गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । सरकारले नयाँ अध्यक्ष नियुक्त गर्नका लागि तीन सदस्यीय समिति सिफारिस समेत बनाएको छ । जसको संंयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेल रहनु भएको छ ।

समितिको सदस्यहरुहमा अर्थमन्त्रालयका तर्फबाट अर्थ सचिव मधु मरासीनी र प्रा।डा। नारायणप्रसाद पौडेल सदस्य रहनु भएको छ । पौडेल ढुंगानालाई पदबाट हटाउनका लागि गठन गरिएको छानिवन समितिका सदस्य समेत हुनन्थ्यो।

नयाँ अध्यक्षले पुरा कार्यकाल भने काम गर्न पाउने छैनन् । ढुंगानाले २ वर्षमात्रै पुरा गरेर बर्खास्तीमा परेका थिए । बाँकी २ वर्षका लागिमात्रै नयाँ अध्यक्ष नियुक्त गरिन लागिएको हो । तिहार पछि आवेदकहरुसँग अन्तरवार्ता लिने र आवेदकहरुमध्ये तीन जनाको नाम सर्ट लिस्ट गरी सरकारलाई सिफारिस गर्ने समितिको तयारी छ ।

आधा दर्जन आकांक्षी

बोर्ड अध्यक्ष बन्नका लागि आधा दर्जन आकांक्षीहरु यतिबेला दौडधुपमा छन् । पाँचदलीय गठबन्धनको सरकार रहेका कारण अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायत सबै दलसँग निकटहरुले आकांक्षा देखिएको छ ।

योग्य आकांक्षीहरुले २५ गतेसम्म आवेदन बुझाउन सक्ने अर्थमन्त्रालयले बताएको छ । बिमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाईं, राष्ट्र बैंकका पूर्व निमित्त कार्यकारी निर्देशक डा। गोपाल भट्ट, चार्टर्ड एकाउन्टेन्ट कृष्णप्रपाद आचार्य, बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, नेपाल स्टक एक्सचेञ्जका पूर्व सीईओ सिताराम थपलिया लगायतका आकांक्षीहरु रहेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu