Connect with us
Kapilvast Forest

वडा अधिवेशन नभएका जिल्लामा कांग्रेसले खटायो निर्वाचन अधिकृत

२०७८, १८ कार्तिक बिहीबारमा प्रकाशित

 

काठमाडौं – नेपाली कांग्रेसले वडा अधिवेशन हुन बाँकी सबै जिल्लामा निर्वाचन अधिकृत तोकेको छ । कांग्रेसमा १३ जिल्लामा अझै वडा अधिवेशन हुन बाँकी छ ।

प्रदेश दुईका आठ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा वडा अधिवेशन हुन सकेको छैन । समितिले कैलालीमा यसअघि नै जिल्ला निर्वाचन अधिकृत पठाइसकेको छ । कैलालीमा टेकप्रसाद सुवेदीालाई मतदान अधिकृत तोकिएको हो ।

 

‘बाँकी सबै जिल्लामा समितिले निर्वाचन अधिकृत खटाएको हो,’ समिति सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले अनलाइनखबरसँग भने, ‘उहाँहरु २२ गते तोकिएको जिल्लामा जानुहुन्छ ।’ समितिले बुधबार साँझ मतदान अधिकृतको नाम टुंगो लगाएको हो ।

समितिका अनुसार सप्तरीमा डा। रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, सर्लाहीमा विनोद कार्की, महोत्तरीमा इन्द्र अधिकारी, रौतहटमा दीपकराज गिरी, बारामा ज्ञानेन्द्रपसाद अधिकारी र पर्सामा नरेन्द्र केसीलाई पठाइएको हो । त्यस्तै सुर्खेतमा मदन रेग्मी, बाँकेमा रेवतीरमण भट्टराई, डोल्पामा कुमारराज श्रेष्ठ र रसुवामा सुमन कुमार केसीलाई तोकिएको निर्वाचन समिति सदस्य घिमिरले जानकारी दिनु भयो ।

रसुवा र रौतहटमा क्रियाशील सदस्यता सूची सार्वजनिक हुन बाँकी छ । सदस्यता नटुंगिएपनि निर्वाचन समितिले भने निर्वाचन अधिकृत तोकेको हो ।

निर्वाचन समितिले वडा अधिवेशन हुन बाँकी जिल्लामा कात्तिक २७ को मिति तोकेको छ । परिमार्जित कार्यतालिका अनुसार पालिका अधिवेशन कात्तिक ३० गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर २ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १० गते हुनेछ ।

कांग्रेसमा २१ हिमाली जिल्लामध्ये १३ मा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । निर्वाचन समितिका अनुसार हिमाली १३ जिल्लासहित ६४ जिल्लामा पालिका अधिवेशन सम्पन्न भइसकेको छ ।

कांग्रेसले पाँचौ पटक महाधिवेशन कार्यतालिका परिमार्जन गर्दै १४ औं महाधिवेशन मंसिर २४ देखि २७ सम्म काठमाडौंमा गर्ने गरी मिति सार्वजनिक गरेको हो । प्रदेश अधिवेशन मंसिर १६–१७ गते कार्यतालिकामा उल्लेख छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu