Connect with us
Kapilvast Forest

भारतीय फूलले नेपाली बजार कब्जा

२०७८, १८ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं – भारतबाट धेरै परिमाणमा फूल आएपछि नेपाली व्‍यवसायी मारमा परेको गुनासो गरेका छन् । काठमाडौँको नयाँ सडक क्षेत्रमा देखिएको फुलको व्‍यापारमा अधिकांश भारतीय फूल देखिएको छ ।

भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म विक्रि हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको किसान ब्यापारीले गुनासो गरेका छन् । काठमाडौँमा लक्ष्मी पूजा र गोबर्धन पूजाको दिन सयपत्री, मखमली लगायतका फूलहरुको बिक्री धेरै हुने गर्छ ।

 

कात्तिक पहिलो साता देशभर परेको बेमौसमी वर्षाले मुख्य कृषि बाली सँगै फूल खेतीमा पनि क्षति गरेको थियो । वर्षाले देशभर लगाइएको र बिक्रीका लागि तयारी अवस्थामा रहेका फूलमा धेरै क्षति भयो ।

काठमाडौँ उपत्यका वरिपरिका साथै तराईका विभिन्न क्षेत्रमा ब्यबसायिक रुपमा फुलको खेति हुने गरेको छ । फूल बेच्नका लागि काठमाडौंमा छिमेकी जिल्लाहरु नुवाकोट,धादिङ, काभ्रेपलाञ्चोकबाट किसान तथा ब्यापारी आउने गर्छन ।

काठमाडौंको नयाँ सडकमा फूल बेच्ने र किन्नेहरुको अत्याधिक भिडभाड देखिए पनि नेपाली किसान ब्यापारी भने निराश देखिएका छन् ।वर्षेनि तिहारको समयमा काठमाडौंमा आई फूल बेच्दै आउनुभएका धादिङका अशोक अधिकारीले यस वर्ष भारतबाट फूल अत्याधिक आएका कारण नेपाली फूलले उचित मूल्य नै नपाएको गुनासो गरे ।

यो वर्षको तिहारमा फूलमालाको माग बढ्ने र यसको प्रत्यक्ष लाभ नेपाली किसानले गर्ने अनुमान गरिएको थियो । तर बेमौसमी वर्षाको कारण नेपाली किसानले लगाएको फूल बारीमै नष्ट भए पछि भारतीय फूलले बजारमा कब्जा जमाएको छ ।

कोरना संक्रमणको जोखिम कम भएको र मानिसहरुले उल्लासमय तरिकाले तिहार मनाउने हुँदा माग बढ्ने अनुमान गरिएको थियो । गत वर्षको तुलनामा ५ लाख बढी मालाको माग बजारमा आउने अनुमान गरिएको छ ।नेपालमा वार्षिक रूपमा करिब ३ अर्ब रुपैयाँ बराबरको फूल कारोबार हुँदै आएको बिभिन्न अध्ययनले देखाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu