Connect with us
Kapilvast Forest

युरोप फेरि कोरोना महामारीको केन्द्र बन्यो : डब्ल्युएचओ

२०७८, १९ कार्तिक शुक्रबारमा प्रकाशित

corona

एजेन्सी -विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले युरोप फेरि कोरोना महामारीको केन्द्र बनेको बताएको छ। युरोपभरि कोरोना संक्रमितको संख्या बढिरहेका बेला डब्ल्युएचओको यस्तो भनाइ आएको हो।

एक पत्रकार सम्मेलनमा डब्ल्युएचओका युरोप प्रमुख हान्स क्लुगेले फेब्रुअरीसम्ममा युरोप महादेशमा कोभिडका कारण मृत्यु हुनेको संख्या पाँच लाखभन्दा धेरै पुग्नसक्ने बताएका छन्। उनले खोप पर्याप्त मात्रामा नलगाइँदा संक्रमितको संख्या बढेको दाबी गरे।

हालैका महिनामा युरोपमा खोप लगाउने दर घटेको छ। स्पेनमा करिब ८० प्रतिशत मानिसले दुवै मात्रा खोप लगाएका छन् भने फ्रान्स र जर्मनीमा भने क्रमशः ६८ र ६६ प्रतिशतले मात्रै लगाएका छन्। पूर्वी र मध्य युरोपका केही देशमा त खोप लगाउनेको संख्या अझै कम छ।

सन् २०२१ को अक्टोबरसम्ममा जम्मा ३२ प्रतिशत रुसीहरूले मात्रै पूर्ण मात्रा खोप लगाएका छन्। डब्ल्यूएचओले अहिलेसम्म उक्त क्षेत्रमा १४ लाख मानिसको मृत्यु भइसकेको पुष्टि गरेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu