Connect with us
Kapilvast Forest

भाइटीकामा दक्षिणा दिँदा मेगा बैंकको क्यासब्याक अफर

२०७८, १९ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौं -मेगा बैंकले तिहार विशेष उपहार योजना ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले तिहारमा उपहार स्वरुप ‘इ–तिहार क्याम्पियन’ र ‘मेगा मार्ट क्याम्पियन’ ल्याएको हो ।

‘इ–तिहार क्याम्पियन’ भाइटिकाको दिनलाई लक्षित गरेर ल्याइएको हो ।यस योजना अन्तर्गत मेगा ग्राहकले भाइटीकामा दक्षिणा दिँदा १५ प्रतिशत अर्थात ५०० रुपैंयासम्म क्यासब्याक प्रदान गर्ने भएको छ । यसका लागि मेगा स्मार्ट बैंकिङको प्रयोग गरेर ग्राहकहरुले भाइटिकाको दिन दक्षिणा दिन सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

यसैगरी, ‘मेगा मार्ट क्याम्पियन’ लक्ष्मी पुजाको दिनदेखि भाइटिकाको दिनसम्मका लागि फर ल्याइएको छ । यस अभियानमा मेगा बैंकका डेबिड तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले घरायसी सामान खरिद गर्दा १० प्रतिशत अथवा ३०० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।मेगा बैंकका ग्राहकहरुले घरमै बसी प्रविधिको माध्यमबाट यी दुबै अफरबाट अधिकतम लाभ लिन सक्ने जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu