नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका अध्यक्ष जोशीको निधन
काठमाडौं-नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका अध्यक्ष विनोदकुमार जोशीको निधन भएको छ। शुक्रबार बिहान उनको काठमाडौंस्थित केएमसी अस्पतालमा निधन भएको हो। जोशीको हृदयघातबाट निधन भएको पारिवारीक स्रोतले जनाएको छ।
५४ वर्षीय उनको घर अमरगढी नगरपालिका–८ टाटर डडेल्धुरा हो। डडेल्धुराकै पहिलो सुविधा सम्पन्न रातो गुरास रिर्सोटका सञ्चालकसमेत रहेका जोशीले करिब २५ वर्षसम्म विश्व खाद्य कार्यक्रममा काम गरेका थिए।