Connect with us
Kapilvast Forest

सगरमाथा क्षेत्रमा एकै महिना ३७२ पटक उडान र अवतरण

२०७८, १९ कार्तिक शुक्रबारमा प्रकाशित

सोलुखुम्बु – सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण हुने क्रम बढेको छ । खुम्बुमा पर्यटक आगमन बढेसँगै निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान हुने क्रम बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी विष्णु रोकायाका अनुसार पछिल्लो एक महिनामा मात्रै साढे तीन सय पटकभन्दा बढी हेलिकप्टर उडान तथा अवतरण भएको छ ।

गएकाे असोज १५ गतेदेखि कार्तिक १५ गतेसम्म ३ सय ७२ पटक उडान तथा अवतरण भएको निकुञ्जको तथ्याङ्क छ ।

खुम्बु क्षेत्रमा पर्यटकहरुले भ्रमण, कार्गो ढुवानी तथा आकस्मिक उद्धारका लागि हेलिकप्टरको प्रयोग गर्ने गरेका छन् । तर पछिल्लो महिना उडान तथा अवतरण भएका अधिकांश हेलिकप्टरहरु भ्रमणका लागि नै प्रयोग भएको सूचना अधिकारी रोकायाले जानकारी दिनुभयो ।

एक महिनाको अवधिमा हेलिकप्टरबाट ११ लाख भन्दा बढी राजस्व सङ्कलन भएको छ । निकुञ्ज क्षेत्रमा उडान तथा अवतरण शुल्कबापत प्रति उडान ३ हजारका दरले ११ लाख १६ हजार रुपैयाँ सङ्कलन भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu