मौसमी बजार अनुगमनको नौटंकी ,जब चाडपर्व नजिकिन्छ तब हुन्छ बजार अनुगमन
सुशील गैरे ,कपिलवस्तु, हिजोआज बजार अनुगमन औपचारिकतामा मात्र सिमित भएको छ । जबजब चाडपर्व नजिकिन्छ तबतब मात्र सरकारले बजार अनुगमनको बिरालो बाध्ने काम गर्दछ। यस बर्ष पनि तिहार नजिकिए संगै बजार अनुगमन धमाधम भै रहेका छ्न ।
अन्य समयमा चुपचाप बस्ने र चाडपर्व सुरु भएसंगै हुने बजार अनुगमनले उपभोक्ता र व्यापारी दुबैलाई अनावश्यक झंझट मात्र दिने गरेको सरोकारवालाहरुले बताएका छन् । यस्ता अनुगमनले न जनताले राहत पाउन्छ्न न त महँगी नै हट्ने गरेको छ । उपभोग्य बस्तुको मूल्य छोइ सक्नु छैन तिहार नजिकिदै गर्दा उपभोग्य बस्तु किन्नै मुस्किल पर्ने गरेको स्थानीय बताउन्छ्न । चाडबाडबाहेक अन्य समयमा पनि अनुगमन प्रभावकारी बनाउने हो भने उपभोक्ता मारमा पर्नु पर्दैनथ्यो । तर सरकारले चाडबाडमा मात्रै अनुगमनलाई लक्षित गर्ने गरेको छ ।
सकारले गर्ने गरेको चाडबाड लक्षित बजार अनुगमनका क्रममा अधिकांश उद्योग, फर्म, तथा पसलहरूमा कैफियत भेटिने गरेको छ । बजारमा गुणस्तरहीन खाद्यवस्तुका कारण उपभोक्ताको स्वास्थ्यमा चरम लापरबाही भएको छ ।
सरकारको प्रभावकारी अनुगमन र कडा कानुनी कारबाही नहुँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको छ । बजार अनुगमनका क्रममा अधिकांश गुणस्तरहीन खाद्यवस्तु फेला पर्ने गरेका छन। एकातिर बजारमा गुणस्तरहीन वस्तुको बिगबिगी अर्कातिर महँगी वृद्धिले उपभोक्ता आहत भएका छन् । दशैँताका दैनिक उपभोग्य वस्तु तरकारी, फलफूल, दाल, चामल, गेडागुडी, खानेतेल, लत्ता कपडालगायतको मूल्य वृद्धि उच्च रूपले भएको थियो ।
खुद्रा पसलेहरूले पसलैपिच्छे फरक-फरक मूल्य लिएर उपभोक्ताको ढाड सेक्ने काम गरे । हरियो तरकारीमा लगभग दोब्बरले मूल्य वृद्धि भयो । जसले गर्दा उपभोक्तालाई मूल्य वृद्धिको भार उठाउनै धौधौ भयो । अहिले तिहार सुरु भैसकेको छ । तिहार नजिकिदै गर्दा अहिले पनि दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि उच्च रूपले भएको छ । गुणस्तर हिन खाध्य सामाग्री बजारमा छ्याप छ्याप छन। उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भए पनि तथा मूल्य वृद्धिले ढाड सेके पनि सम्बन्धित निकाय भने अझै गम्भीर बन्न सकेका छैनन् ।