Connect with us
Kapilvast Forest

एमसीसी पारित हुँदैनः नारायणकाजी श्रेष्ठ

२०७८, १९ कार्तिक शुक्रबारमा प्रकाशित

naryan kaji

काठमाडौं-नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीको विषयमा आफ्नो पार्टी स्पष्ट रहेको बताउनु भएको छ । उहाँले यसअघि नै पार्टीले संशोधनबिना एमसीसी पारित हुन नसक्ने निर्णय गरिसकेको स्पष्ट पार्दै सोही अनुसार माओवादी केन्द्र अघि बढ्ने बताउनु भयो ।

 

उहाँका अनुसार नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरु सच्याइएमात्रै एमसीसी पारित गर्न पार्टीले सघाउने छ । ‘नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरु नसच्याइ यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसदबाट पारित गर्न सकिन्न’, श्रेष्ठले सामाजिक सञ्जालमार्फत भन्नु भएको छ , ‘

यो नै हाम्रो पार्टी नेकपा(नेकपा माओवादी केन्द्र)को आधिकारिक निर्णय र धारणा हो।’उहाँले एमसीसीको विषयमा अनावश्यक भ्रममा नपर्न र पार्टीलाई जोडेर भ्रमपूर्ण प्रचार नगर्न पनि आग्रह गर्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu