Connect with us
Kapilvast Forest

जुम्लाको न्यूनतम तापक्रम माइनस १ दशमलव ९ डिग्री मापन

२०७८, २१ कार्तिक आईतवारमा प्रकाशित

 

काठमाडौं-अबको तीन दिन देशभरको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले तीन दिन देशभरको मौसम सामान्यतया सफा रहने देखिएको हो ।

आज दिउँसोप्रदेश १, बागमती र गण्डकी प्रदेशमा आङ्शिकदेखि सामान्य बदली भएपनि अरु प्रदेशमा भने घाम लाग्दै बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

स्थानीय वायुको प्रभावले प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपातको सम्भावना रहेकोउहाँको भनाइ छ ।राति आकास खुल्दा न्यूनतम तापक्रम घटेर बिहान चिसो बढ्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरै स्थानमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियसभन्दा कममा झरेको छ । जुम्लाको न्यूनतम तापक्रम भने माइनस १ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu