Connect with us
Kapilvast Forest

बिजुली व्यापारले देशकाे व्यापार घाटामा सुधार गर्छ : मन्त्री भुसाल

२०७८, २१ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौ – ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बङ्गलादेशलगायतका छिमेकी देशहरूलाई बिजुली बेच्ने बाटो खुलेको बताउनुभएको छ ।

आज आइतवार हामीसँगकाे कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत् व्यापार सुरु भइसकेको र बङ्गलादेशसँग सकारात्मक ढङ्गले कुरा अघि बढिरहेको बताउनुभएको हो । उहाँले भारतमा विद्युत् व्यापारको सुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यापार दक्षिण एसियाकै पहिलो भएको बताउनुभयो । मन्त्री भुसालले जलविद्युत् क्रमशः बढ्दै गएकाले आन्तरिक खपत बढाउनुपर्ने बताउँदै विद्युत् व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताउनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, ‘ऊर्जा व्यापार पहिलेदेखि नै सुरु भएको हो तर हामीले बढी हुँदा पनि बिक्री गर्न सकेका थिएनौँ, अहिले भारतको सम्बन्धित निकायले हामीसँग विद्युत् खरिद गर्ने सहमति गरेर बिक्री सुरु भइसकेको छ । त्यसैले विद्युत् व्यापारको सुरुवात भएको भनेर यसलाई मान्न सकिन्छ, यस प्रकारको व्यापार दक्षिण एसियाकै पहिलो हो । हामीकहाँ क्रमशः जलविद्युत् उत्पादन हुँदै गइरहेको छ, आन्तरिक खपत पनि बढाउने आवश्यक्ता छ, त्यसको पनि अध्ययन र तयारीमा छौँ । यसबाट विद्युतकाे व्यापार मात्र हुँदैन, हाम्रो व्यापारको असन्तुलन छ, व्यापार घाटा बढी छ, त्यसलाई क्रमशः न्यूनीकरण गर्ने भूमिका खेल्छ । भर्खर हामीले भारतमा विद्युत् व्यापार सुरु गरेका छौँ, बङ्गलादेश, भारत भएर जाने हो, त्यसैले हामीलाई त्रिपक्षीय सम्झौता हुनुपर्छ, त्यो सम्पन्न हुन पनि सकारात्मक वातावरण बन्दै गएको छ ।’

मन्त्री भुसालले भान्सामा प्रयोग हुने एलपी ग्यास लगायतका ऊर्जाहरूलाई विद्युतले विस्थापित गर्न सके देशको व्यापार घाटा कम हुने बताउनुभयो । उहाँले नेपाल कृषिप्रधान देश भएकाले सतह सिँचाइ, ग्राउन्ड वाटर वा लिफ्ट सिँचाइ गरेर खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने बताउनुभयो । मन्त्री भुसालले उद्योगहरूलाई अब चाहिए जति विद्युत् दिन सक्ने बताउँदै ऊर्जा खपत गर्ने उद्योगलाई नयाँ सोचका साथ अघि आउन पनि आग्रह गर्नुभयो । उहाँले आन्तरिक खपतका लागि विद्युत् महसुल घटाएको बताउनुभयो ।

मन्त्री भुसालले अब सवारी साधन खरिद गर्दा विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिइने बताउँदै पेट्रोलियम पदार्थ र एलपी ग्यासलाई विस्थापित गर्न सके नेपालको व्यापार घाटामा सुधार हुने बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu