Connect with us
Kapilvast Forest

विपन्नलाई घर निर्माण गर्न निःशुल्क काठ

२०७८, २२ कार्तिक सोमबारमा प्रकाशित

 

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको वैजनाथ सामुदायिक वन उपभोक्ता समितिले विपन्न उपभोक्तालाई घर निर्माणका लागि निःशुल्क काठ उपलब्ध गराउने भएको छ ।

समुहले उनीहरुलाई चिरान गरिएको काठ घरसम्मै ढुवानी गरी उपलब्ध गराउने व्यवस्था मिलाएको हो । विपन्न परिवारलाई साँझ बिहानको छाक टार्नै मुस्किल रहेको अवस्थामा घर निर्माण र मर्मत गर्न नसक्ने देखिए पछि निःशुल्क रुपमा काठ उपलव्ध गराउने निर्णय गरिएको समितिका अध्यक्ष बहादुरसिंह महराले जानकारीदिनुभयो । “झोपडीमा वर्षौंदेखि बस्दै आएका विपन्न, एकल महिला, घरबासका लागि मात्रै जग्गा भएका आयस्रोत नभएका उपभोक्तालाई ढुवानी चिरानी खर्च सामुदायिक वनले बेहोर्ने गरी काठ उपलब्ध गराउँदै छौँ”, उहाँले भन्नुभयो, “यस कार्यबाट सहजरुपमा विपन्न परिवारले बस्नका लागि घर पाउँछन् ।”

“झोपडीमा बस्दै आएका परिवारले सर्प, विषालु किरा र बर्सातमा पानी पर्दा निर्क सास्ती खेप्नुपर्ने अवस्था थियो । काठ उपलब्ध गराइएपछि विपन्न परिवारले सुरक्षित घर निर्माण गरी सहजरुपमा बस्न पाउँछन्”, उहाँले भन्नुभयो । सामुदायिक वनका उपभोक्तामध्ये विपन्न अवस्थाका उपभोक्ताको पहिचान गर्ने कार्य भइसकेको उहाँले बताउनुभयो । विपन्न अवस्थाका ६५ उपभोक्तालाई निःशुल्करुपमा काठ उपलब्ध गराउनका लागि छनोटमा परेका छन् । अपाङ्गता भएका व्यक्तिलाई समितिले भत्ता दिने व्यवस्थासमेत गरिएको छ ।

चार वर्षदेखि नियमितरुपमा समितिले दुई दर्जन बढी अपाङ्गता भएका व्यक्तिलाई मासिकरुपमा रु ३०० का दरले भत्ताबापत रकम उपलब्ध गराउँदै आएको छ । उपभोक्ताको मृत्यु संस्कारमा प्रयोग हुने गरी समितिले निःशुल्करुपमा दाउरासमेत उपलब्ध गराउँदै आएको छ । “उपभोक्ताको मृत्यु भएमा अन्तिम संस्कारका लागि दाउरा उपलब्ध गराउँदै आएका छौँ”, समितिका अध्यक्ष महराले भन्नुभयो, “बेवारिसे शवको दाहसंस्कारका लागिसमेत निःशुल्क दाउरा उपलब्ध गराउने व्यवस्था गरेका छौँ ।”

उपभोक्तालाई काठ उपलब्ध गराउँदा धोद्रो(भित्र कुहिएको) भएको गोलिया पर्ने सम्भावना धेरै हुन्थ्यो । उपभोक्ता मार्कामा पर्ने गरेका थिए । यसै कुरालाई मध्यनजर गर्दै समितिले उपभोक्तालाई काठ चिरानी गरी उपलब्ध गराउँदै आएको छ । सामुदायिक वनकै ट्रयाक्टरमा राखेर बाह्य क्षेत्रको तुलनामा आधा सस्तोमा चिरानी गरिएको काठ उपभोक्ताको घरसम्मै ढुवानी गर्ने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

समितिले डिभिजन वन कार्यालय कञ्चनपुरको सहमतिमा चालु आवमा साल, राइजामुन, बर्रो, असना, कर्मा, जामुनलगायतका दुई हजार ४२ गोलियाको १७ लाख ३६ हजार ७६९ क्युविक फुट काठ चिरानी गर्ने सहमती पाएको छ । काठ चिरानीको सव डिभिजन वन कार्यालयका कर्मचारीको प्रत्यक्ष देखदेखमा हुने बताइएको छ । काठ, दाउरा, भुइँ घाँस बिक्रीबाट सामुदायिक वनले आम्दानी गर्दै आएको छ । सामुदायिक वनमा ५०० उपभोक्ता आश्रित रहेका छन् । विसं २०५८ मा विधिवत्रुपमा दर्ता भएको सामुदायिक वन २३० दशमलव शून्य एक हेक्टरमा फैलिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu