Connect with us
Kapilvast Forest

प्रधानन्यायाधीशले बोलाएको न्याय परिषद् बैठकमा बारका प्रतिनिधि नजाने

२०७८, २२ कार्तिक सोमबारमा प्रकाशित

 

काठमाडौं – नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्याय परिषद् र न्याय सेवा आयोगको बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारको सोमबार बसेको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा नजाने निर्णय गरेको हो ।

 

साथै बैठकले प्रधानमन्त्री र दलहरुले अहिलेको अवस्था अवगत गराउने र अदालतबाट दंगा प्रहरी हटाउन माग गर्ने निर्णय गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj