Connect with us
Kapilvast Forest

जात र गोत्र त फेरिन्छ, पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन:बाबुराम भट्टराई

२०७८, २३ कार्तिक मंगलवारमा प्रकाशित

baburam bhatrai ncn

गोरखा – जसपाको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर गोरखाका सबै स्थानीय तहमा घरदैलोमा पुग्नु भएका पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई ले तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा(नेकपा) विभाजनलाई उदाहरण दिदैंले पुरानो पार्टीबाट अब विकास र समृद्धि सम्भव नहुने विश्लेषण गर्नु भयो । ‘पुराना पार्टीबाट देशको विकास र समृद्धि सम्भव छैन ।

विकासको लागि सबैभन्दा पहिले राजनीति ठीक ठाउँमा आउनुपर्छ,’ भेटघाटको क्रममा उहाँले भन्न भयो , ’जात र गोत्र त परिवर्तन हुन्छ । विकासको लागि पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन । हाम्रो सोच बदल्न जरुरी छ ।’

 

सोमबारदेखि सुरू भएको अभियान मंसिर ३ सम्म संचालन हुने बताइएको छ ।भट्टराई नेकपा माओवादी केन्द्रबाट, नयाँ शक्ति हुँदै अहिले जसपामा हुनुन्छ ।दुई(दुई पटक विघटन भएर संसदले पुनर्जीवन पाएसँगै तत्कालको लागि प्रतिगमनको खतरा टरेको भट्टराईको भनाइ छ ।

नेता भट्टराईले दुई महिनाभित्रै बूढीगण्डकीको मोडालिटीबारे टुंगो लाग्ने बताएका छन् । आठ वर्ष बितिसक्दा पनि आयोजनाको मोडालिटीमै अल्झँदा आफू दुखी भएको उनले सुनाए । अस्थिर सरकारको कारण बुढीगण्डकीको यो हालत भएको उनको तर्क थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu