Connect with us
Kapilvast Forest

पहिरो पछिको भेमाथाङ [तस्बिरहरू]

२०७८, २४ कार्तिक बुधबारमा प्रकाशित

तस्विर :कान्तिपुर

जलवायु परिर्वतनको असरले निम्त्याएको मेलम्ची बाढीको उद्गमस्थल हेलम्बु गाउँपालिका–१ स्थित भेमाथाङ पुगेका सगरमाथा आरोहीद्वय माया गुरूङ, शैली बस्नेत, एक्सपोल हब नेपालकी सजना भडेल, स्थानीय नेता हस्त पण्डितसहित अन्य स्थानीयहरू त्यहाँको डरलाग्दो भौगोलिक दृश्य देखेपछि तर्सिएका थिए ।

भेमाथाङ (सिन्धुपाल्चोक) — हिउँले सेताम्मे सेमिसिदाङ हिमाल, काखैबाट चिराचिरा परेका पहाडी भू–भागबाट बगिरहेछ पेम्दाङ र मेलम्चीखोला । समथर भू–भाग भेमाथाङचौर माथिदेखि तलसम्म क्रमश: भास्सिएर खस्दैछ । वरिपरिको संरचनाभर पहिरै–पहिरो । तलको बगरफाँट खोलासँगै बग्दैछ । बाँकी बचेका वारिपारिका लेकाली जङ्गल पहाडी भू–भाग धाँजा फाटेर भत्किइरहेछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj