दमकल र कर्मचारी ब्यवस्थापनको लापरबाहीले ठुलो क्षति :कांग्रेश शिवराज
कपलवस्तु-नेपाली कांग्रेश शिवराज समितिले कपिलवस्तुको चन्द्रौटामा गएराती भएको आगलागी प्रति दुख व्यक्त गरेको छ । साथै नेपाली कांग्रेश शिवाजले उक्त घटना शिवराज नगरपालिकामा रहेको वारुण यन्त्र र कर्मचारीको ब्यवस्थापन हुन नसक्दा क्षति वढि हुन पुगेको जनाएको छ ।
नेपाली कांग्रेश शिवराज नगर समितिका सभापति मधुसुदन पोख्रेल र सचिव विष्णु पोख्रेलले एक विज्ञप्ति जारी गर्दै चन्द्रौटाको मुख्य बजारमा रहेको विष्णु भुसालको फेन्सी पसल र सगैं रहेको वाबुराम गिरीको ल्याप्टप हस्पिटलमा आगोलागि प्रति दुख ब्यक्त गर्दै यस घटनामा शिबराज नगरपालिकामा रहेको दमकल र यसका कर्मचारी को चरम लापरबाही भएको भन्दै यस घटना बाट पाठ सिक्न नेपाली काङ्ग्रेस नगर समितिले अनुरोध गरेको छ ।