Connect with us
Kapilvast Forest

देउवालाई थापाको जवाफ : राजालाई गाली गरेर अब शासन चल्दैन

२०७८, २४ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राजालाई गाली गरेर अब शासन नचल्ने बताउनुभएको छ । ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र राजा ज्ञानेन्द्रकै कारण आएको र प्रजातन्त्रविरुद्ध लाग्नुभन्दा चुनाव लडेर राजनीति गर्न ज्ञानेन्द्रलाई सुझाएका बेला यो अभिव्यक्तिमा थापाले जवाफ सामाजिक सञ्जालबाट दिनुभएको हो ।

थापाले राजाविरुद्ध आक्रोश होइन सुशासन दिन देउवालाई आग्रह गर्नुभएको छ ।

‘न्यायालय हडतालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार र सर्वसत्तावादमा लिप्त छ, धर्म परिवर्तन व्यापक भएको छ, रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन् । संघीय गणतन्त्र असफल भैसक्यो’, उनले भनेका छन्, ‘राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu