Connect with us
Kapilvast Forest

मुस्लिम इत्तेहाद संगठन शिवराजको अध्यक्षमा खान ,४१ सदस्यीय कमिटि गठन

२०७८, २६ कार्तिक शुक्रबारमा प्रकाशित

कपिलवस्तु –  शिवराज नगर कमिटीको अध्यक्षमा संसद खान चयन हुनु भएको छ । विहिवार सम्पन्न नगर भेलावाट खानको संयोजकत्वमा ४१ सदस्यीय कमिटि गठन भएको छ । नगर भेलाले जसको उपाध्यक्ष मेहकुज आलम मुसलमान, सचिव अब्दुल रहमान मुसलमान ,कोषाध्यक्ष मौलाना नफिस मुसलमान, सहसचिवमा तनविर आलम खान र ककुल हुसेन मुसलमान सहित ४१ सदस्यीय कमिटी गठन गरेको हो ।

विहिवार चन्द्रौटामा आयोजित विशेष नगर भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाल मुस्लिम ईत्तेहाद संगठनको केन्द्रिय सचिवालय सदस्य माबुद खानले नेपालको बहुधार्मिक विशेषतालाई कसैले पनि भुल्न नहुनेमा जोड दिनु भयो ।साथै उहाँ शिवराजमा गठित संगठनलाई मजवुद बनाउन नव निर्वातिच कार्य समितिलाई आग्रह गर्नु भयो ।समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार पार्न पार्टि भित्रका सबै संगठन लाग्नु पर्ने बताउनुभयो।

त्यस्तै भेलालालाई सम्वोधन गर्दै मुस्लिम संघठनको इन्चार्ज मैराज खानले संगठनमा नै शक्ति हुने भएकाले संगठित रुपमा अगाडी बढ्न मुस्लिम समुदायलाई आग्रह गर्नु भयो ।

भेलामा नेकपा एमाले प्रदेश कमिटी सदस्य  नेराज अधिकारी,नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य शिवकुमारी चौधरी ,नेकपा एमाले शिवराज नगर ममिटिका अध्यक्ष जगत पौडेल,नेकपा एमाले शिवराज नगर कमिटीका उपाध्यक्ष महादेव पोख्रेल लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ता तथा मुस्लिम समुदायका नगरका नागरीकहरुको बाक्लो सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu