Connect with us
Kapilvast Forest

सर्वोच्च परिसरबाट सशस्त्र प्रहरी हटाइयो

२०७८, २६ कार्तिक शुक्रबारमा प्रकाशित

Nepal's Armed police forces

 

काठमाडौँ – सर्वोच्च अदालत परिसरबाट सशस्त्र प्रहरी हटाइएको छ । यसअघि वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेर आधा घण्टाभित्र सर्वोच्च परिसरबाट सुरक्षाकर्मी हटाउन आग्रह गरेका थिए ।

नेपाल बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले आज शुक्रबार सर्वोच्च अदालतको मूल गेटमा नै धर्ना दिएपछि त्यसलाई रोक्न सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । यसरी कानुन व्यवसायीहरुको विरोधपछि सर्वोच्च परिसरबाट सशस्त्र प्रहरी हटाइएको हो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनको आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

शान्तिपूर्ण प्रर्दशन गर्दै आएको बारको आन्दोलनलाई प्रहरी हस्तक्षेप गराएर कमजोर पार्न खोजेको विरोधमा बारले आज शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत छिर्न नदिने हिजो घोषणा गरेको थियो ।

तर आज सर्वोच्च अदालतको मूल गेटमा कानुन व्यवसायीहरुको अवरोधका वावजुद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा चोरबाटो प्रयोग गरेर सर्वोच्च प्रवेश गरेका छन् । कानुन व्यवसायीहरुको धर्ना छलेर प्रधानन्यायाधीश जबरा सर्वोच्चको १ नम्बर गेट हुँदै १० बजेर ५२ मिनेट जाँदा सर्वोच्च पुगेका हुन् ।

हिजो बिहीबार सर्वोच्च परिसरमा कानुन व्यवसायीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि सशस्त्र खटाइएको थियो । प्रहरीले हस्तक्षेप गर्दै बल प्रयोग गरेपछि अहिले सर्वोच्च परिसरभित्र हुलदंगा मच्चिएको थियो । सर्वोच्च परिसरमा कानुन व्यवसायीहरुको प्रदर्शन रोक्न नेपाल प्रहरीको ब्याक सपोर्टमा सशस्त्र प्रहरी पनि खटाइएको थियोa

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu