Connect with us
Kapilvast Forest

सङ्खुवासभामा सभाखोलाले बगाएर बेपत्ता भएका बालककाे शव भेटियो

२०७८, २६ कार्तिक शुक्रबारमा प्रकाशित

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसेमा सभाखोलाले बगाएपछि बेपत्ता भएका ९ वर्षीय बालक ऋतिक विश्वकर्माको शव भेटिएको छ ।

उनकाे शव आज बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।गएको २० गते भाइटीकाको दिन पौडी खेल्न गएका विश्वकर्मालाई खोलाले बगाएर बेपत्ता बनाएको थियो।

बेपत्ता भएको एक हप्तापछि उनको शव बाह्रबिसेभन्दा केही तल रहेको चनौटे दहमा ढुङ्गाको चेपमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।तिहारको भाइटीकाको दिन बाह्रबिसे नजिकै सभाखोलामा ऋतिक र अर्का आठ वर्षीय बालक विपिन विश्वकर्मा पौडी खेल्न गएका थिए।

खोलाले दुवैलाई बगाएको थियो । विपिनको शव त्यही दिन फेला परे पनि ऋतिककाे शव भेटिएको थिएन । एक हप्तादेखि स्थानीयवासी, आफन्त र प्रहरीले शवको खाेजी गरिरहेकाे थियाे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu