वैकल्पिक गेटबाट प्रधानन्यायाधीश जबरा सर्वोच्चभित्र प्रवेश
काठमाडौं- कानून व्यवसायीहरुको प्रदर्शनको बाबजुद प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गर्नु भएको छ ।
उनी एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गर्नु भएको हो । एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ ।कानून व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा बसेका छन् ।