सहयात्री बन्दै किडार्क
कपिलवस्तु-पछिल्लो समय किशोर किशोरीहरूले समाजको नेतृत्व गर्न थालेका छन् । यो नेतृत्वमा साथ दिएको छ किडार्क नेपालले । यस सँगै कोरोनाको बेला गरेका कामले यस संस्था सबैको लोकप्रिय बनेको छ ।
विभिन्न स्थानहरूमा विकासका नाममा अहिले नेपालमा थुप्रै सङ्घ संस्थाहरूले विभिन्न क्रियाकलापहरू गरिरहेका छन् । सोही उदाहरणको पात्र संस्थाको रूपमा रहेको स्टोम फाउण्डेसनको आर्थिक सहयोगमा किडार्क नेपाल विकास सहयात्रीको रूपमा उभिँदै आएको छ ।
गत तिन वर्ष अगाडि देखि शिवराज ५ मा कार्यालय सञ्चालन गदै किर्डाक नेपालले कपिलवस्तुका तिन पालिकामा उदाहरणीय काम गदै आएको छ । किर्डाक नेपालले शिक्षा, स्वास्थ्य , तथा सरसफाइ देखी विकास पूर्वाधारका क्षेत्रमा उल्लेख्य कामहरू गर्दै स्थानीयहरूका आधारभूत समस्या समाधानका लागी हरसम्म प्रयास गरिरहेको छ । किर्डाक नेपाल द्वारा कपिलवस्तुका तिन पालिका शिवराज नगरपालिका , र बुद्दभुमि नगरपालिकाका विभिन्न वडाहरूमा काम गर्दै आएको छ ।
विभिन्न गाउँ, विद्यालयहरू र स्वास्थ्य संस्थाहरूमा कोभिड महामारीको समय देखि नै विभिन्न जनचेतनामूलकता क्रियाकलापहरू गर्दै आफ्नो नामको छाप राख्न सफल किर्डाकले कहिले राहतको लागि प्याकेज ल्यायो त त कहिले चेतनामूलक सन्देश प्रभाहवाट आम नागरिकहरू माझ लोकप्रिय बनेको छ ।
कोभिड–१९ नियन्त्रण सगैं यसबाट सचेत रहन किर्डाक नेपालले राहत सहयोगका लागि विभिन्न संस्थाहरू सँगको सहकार्यमा तदारुकताका साथ लागिपरेर शिवराज र बुद्दभुमिका विभिन्न वडामा स्वास्थ्य सामग्री वितरण ,चेतनामूलक कार्यलाई तीव्रता दिदैं अगाडि बढेको थियो ।
त्यो लकडाउनको समयमा समयमा किर्डाकले महामारीको सामना गर्ने एक महत्त्वपूर्ण माध्यमका रूपमा जोखिम सम्बन्धी सञ्चारका साथै समुदायको सहभागितामा जोड दिएको छ। सामुदायिक रेडियोबाट विभिन्न चेतनामूलक कार्यक्रम गर्दै , सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट कोभिड–१९ सम्बन्धी सन्देशहरू दूर दराजमा रहेका आम नागरिकहरूमाझ पुराउन अग्रणी भूमिका खेलेको थियो ।
अन्य सङ्कटकालीन समयमा किर्डाकले अस्पताल तथा एकान्त बास (आइसोलेसन) गरिने स्थानहरूमा सरसफाइ र स्वच्छता लगायत स्वास्थ्य र पोषण सम्बन्धी अत्यावश्यक सामाग्रीहरू हस्तान्तरण समेत गरेको थियो ।
किर्डाकले मानवीय परिवेशमा कतै नगद सहयोग, बाल संरक्षण तथा लैङ्गिक हिंसा सम्बन्धी सेवाहरूको निरन्तरता सुनिश्चित गर्नका लागिपनि सहयोग जुट्दै कोभिड आम नागरिक माझ पुग्यो ।
कोभिडको समयमा जीवन रक्षा गर्नु तथा स्वास्थ्यको रक्षा गर्नु हामी सबैको जिम्मेवारी हो। अतिरिक्त क्षतिको न्यूनीकरण तथा रोकथाम गर्नका लागि सबै भन्दा पछिल्ला र प्रमाणित सूचनाका आधारमा मात्रै सम्भावित जोखिमको आङ्कलन गरी सुसूचित निर्णय मार्फत रोग नियन्त्रणका कदमहरू अपनाउनु पर्दछ र त्यसैसरि दीर्घकालीन क्षति हुनबाट जोगिन उपयुक्त रोकथामका उपायहरू अपनाउनुपर्दछ।
त्यो महामारीको समयमा किर्डाक नेपाल कपिलवस्तु जिल्ला संयोजक कृष्ण रावल,किर्डाक नेपालका कार्यक्रम अधिकृत श्री बहादुर भण्डारी लगायत किर्डाकमा आबद्ध कर्मचारीहरू प्रत्यक्ष अप्रतक्ष्य रुपमा नागरिकहरूमाझ पुगेर दिन दुखीहरूको सहयात्री बनेका छन्। किर्डाकले त्यो महामारीको समयमा शिक्षाको क्षेत्र ,मानवीय सङ्कटबाट गुज्रिरहेका बालबालिकाहरूको लागि रेडियो कक्षा सञ्चालन गरेको समेत थियो ।
किर्डाकले विद्यालयका छात्राहरुको महिनावारी स्वच्छता सम्बन्धी अभियानमा समेत किर्डाक नेपाल सहयात्रीको रूपमा उभिएको छ । छात्राहरूलाई सेनेटरी प्याड वितरण गरेको छ त कहिले मास्क बैक स्थापना , स्वास्थ्य संस्थाहरूमा विभिन्न औषधि र स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
किर्डाकले कहिले मास मिडिया कार्यक्रममा नगरका विभिन्न वडाका नागरिकहरूलाई गाउँ विकास, शिक्षा, स्वास्थ्य, लागु औषध ओसर पोसर लगायतको विषयमा जानकार बनाएको छ ।
दाइजो प्रथाले कतै न कतै बाट च्यापेको मधेस क्षेत्रका नागरीकहरुलाइ दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तीकरण (सिड्स) कार्यक्रम अन्तर्गत दाइजो प्रथा, बाल विवाह, छुवाछुतको सवालमा आमसञ्चार कार्यक्रमबाट सचे पार्दै गाउँ गाउँमा कार्यक्रम सं चाल गर्दै आएको छ ।
अन्त्यमा, सङ्कटका समयमा जीवन रक्षा गर्ने औषधी, खोप, सरसफाइ तथा शिक्षा सामाग्रीहरूको उपलब्धता र पहुँच सुनिश्चित गर्ने कार्यमा किर्डाको अग्रपंतिमा नाम चर्चा रहन्छ ।