Connect with us
Kapilvast Forest

विप्लवद्धारा आज नेपाल बन्द आह्वान 

२०७८, ३० कार्तिक मंगलवारमा प्रकाशित

 

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टीले आज (मंगलबार) नेपाल बन्दको आह्वान गरेको छ । पार्टी महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले आइतबार जारी गरेको प्रेस बक्तव्यमा उक्त कुरा उल्लेख छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा यहीं कात्तिक ३० गते आह्वान गरेको नेपाल बन्द सफल पार्न आग्रह गरेको छ । आईतबार एक पत्र जारी गर्दै पार्टीले आज नेपाल बन्दका दिन यातायात, उद्योग, व्यापार–व्यवसाय र शैक्षिक संस्था बन्द गरी आन्दोलनप्रति ऐक्यवद्धता जनाई नेपाल बन्द कार्यक्रम पूर्ण रूपले सफल पार्न यातायात व्यवसायी, उद्योग, व्यापार–व्यवसाय, शैक्षिक क्षेत्र सम्बद्ध सम्पूर्ण सङ्घ–संस्था र पेसा–व्यवसायीहरूमा आग्रह गरेको हो ।

पार्टी केन्द्रीय समितिका तर्फबाट पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इन्चार्ज प्रज्वलले सरकारले सर्वत्र कठिनाइ भोग्न बाध्य नेपाली जनता र व्यवसायीहरूको सङ्कटमा सहयोग गर्नुको सट्टा सरकार दिन–प्रतिदिन मूल्य वृद्धि गरेर जनतामा थप कष्ट थपिदिन उद्धत रहेको आरोप लगाए । डिजेल, पेट्रोल, हवाई इन्धन, ग्याँस सिलिन्डर तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा भएको चर्को मूल्यवृद्धिले सर्वसाधारण किसान, श्रमिक, मजदुर मात्र नभई विद्यार्थी, शिक्षक–बुद्धिजीवी, कर्मचारीलगायत मध्यम वर्ग र व्यवसायीहरूको समेत ढाड भाँच्ने उनको जिकिर छ ।

उक्त पत्रमा भनिएको छ, ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्धको आन्दोलन हाम्रो पार्टीको मात्र नभई आम जनसमुदाय र व्यवसायीहरूको समेत साझा सरोकारको विषय हो । नेपाल बन्द हाम्रो रहर नभई बाध्यता हो । आन्दोलनका कार्यक्रमहरूमा देशव्यापी ऐक्यबद्धता प्रकट गरी मूल्यवृद्धिको सशक्त प्रतिवाद गर्दै मूल्यवृद्धि खारेज गर्न सरकारमाथि चौतर्फी दबाब सिर्जना गर्नु हरेक क्षेत्रका नागरिकहरूको दायित्व हो ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu