Connect with us
Kapilvast Forest

राष्ट्रिय जनगणना : थपिए दुई जाति

२०७८, ३० कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं-गोरखामा मात्र बसोबास गर्ने चुम्बा र नुब्री जातिले राष्ट्रिय जनगणना २०७८ मा आफ्नो पहिचान सूचीकृत गराएका छन्। चुम र नुब्री उपत्यकाका भोटे लामा समुदाय यसपटक छुट्टै जातिका रूपमा समेटिएका हुन् । चुमवासीले गणकसँग जात र भाषा चुम्बा अनि नुब्रीवासीले नुब्री नै लेखाएका छन्।

 

लामा थर लेख्ने गरेका उनीहरूलाई २०६८ सालको जनगणनामा तामाङअन्तर्गत सूचीकृत गरिएको थियो। संस्थागत रूपमा र युवाहरूको सामूहिक पहलमा जनगणनामै वास्तविक जात र भाषा लेखाउन अभियान सञ्चालन गरिएको किमोलुङ फाउन्डेसनका अध्यक्ष वाङ्चुक राप्तेन लामाले बताउनु भयो ।

‘नुब्री उपत्यकावासीले जाति र भाषामा नुब्री लेख्न र चुम उपत्यकावासीले चुम्बा लेख्न हामीले घरदैलो अभियान सञ्चालन गरी सचेत गरायौँ’, उहाँले भन्नु भयो ‘सामाजिक सञ्जालमार्फत पनि प्रचार–प्रसार गरिरहेका छौं। टोल–टोलका अगुवालाई टेलिफोन गरी सचेत गराइरहेका छौं।’ यसपटकको जनगणनामा पहिचान स्थापित हुने विश्वास उहाँले व्यक्त गर्नु भयो।

आफ्नो पहिचान स्थापित गराउन स्थानीय युवा नै गणकमा खटिएको नुब्री क्षेत्रका पेमा ग्याल्बो लामाले बताए। ‘तल्लो भेगका गणकले हाम्रो मर्म र भावनाअनुसार काम नगर्ने अनुमान गरी यसपटक प्रत्येक वडामा स्थानीय सचेत युवा गणकमा खटिएका छौं’, उहाँले भन्नु भयो , ‘गाउँका अशिक्षित, निमुखा व्यक्तिले वास्तविक तथ्यांक टिपाउन सकेनन् भने पनि स्थानीयस्तरका गणकले मिलाएर टिप्नेछन्।’

चुम्बा र नुब्रीले ‘कोड’ भने नपाएकाले तथ्यांक विभागसँग समन्वय गरी कोड नम्बर नलेखी चुम्बा र नुब्री लेखेको उहाँले बताउनु भयो ।‘हामीले तथ्यांक विभागसँग पनि समन्वय गरेका छौं। जिल्ला जनगणना कार्यालयसँग समन्वय गरी कोड नम्बर नलेखी चुम्बा र नुब्री लेखेका छौं’, उहाँले भन्नु भयो ‘त्यसरी नै पठाएपछि विभागले नै कोड नम्बर राखिदिने भनेको छ।’ यो समाचारअन्नपूर्ण पोस्टमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu