Connect with us
Kapilvast Forest

लाइसेन्सको आवेदन बिहान १० बजेअघि र साँझ ५ बजेपछि मात्र दिन पाइने

२०७८, ३० कार्तिक मंगलवारमा प्रकाशित

 

काठमाडौं-सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन एक हप्तासम्म कार्यालय समयमा लिन बन्द गरिएको छ।यातायात व्यवस्था विभागका अनुसार अनलाइन प्रणालीमा धेरै चाप परेकाले एक हप्ताका लागि कार्यालय समय १० बजेदेखि साँझ ५ बजेसम्म आवेदन लिन बन्द गरिएको हो।

तर उक्त समय अघिपछि बिहान र राति अनलाइन आवेदन दिन पाइनेछ।विभागले सोमबार सूचना जारी गरी अनलाइन फाराम भर्नेको चाप अत्यधिक हुँदा यातायात व्यवस्था कार्यालयहरूबाट प्रवाह हुने दैनिक सेवामै असर परेकाले एक हप्ताका लागि कार्यालय समयमा अनलाइन आवेदन लिन बन्द गरिएको जानकारी दिएको हो।

प्रणालीको लोड (चाप) व्यवस्थापन भएपछि मात्र अनलाइन आवेदन प्रणाली नियमित समयमा सञ्चालन हुने विभागले जनाएको छ।यातायात विभागले यही कात्तिक ८ गते नयाँ लाइसेन्सका लागि अनलाइन आवेदन खुला गरेको थियो।

अहिलेसम्म झन्डै ४ लाख जनाले आवेदन दिइसकेको विभागले जनाएको छ। आवेदन दिएकाले पनि लिखित र ट्रायल परीक्षाका लागि ६–७ महिना कुर्नुपर्ने बताइएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu