Connect with us
Kapilvast Forest

बन्दकर्ताले गरे सडक सफाई र ट्राफिक चिन्हको व्यवस्थापन

२०७८, ३० कार्तिक मंगलवारमा प्रकाशित

 

दाङ – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले रचनात्मक काम गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेका छन्। मंगगलबार गरेको नेपाल बन्दको क्रममा दाङमा भने फरक दृष्य देखिएको हो।

सडकका देखिएका बन्दकर्ता सडक सरसफाई र ट्राफिक चिन्हहरुको व्यवस्थापनमा लागेका छन्।बन्द कर्ताहरुले आफैँ कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन्। राजनीतिक कार्यकर्ताहरु अराजक मात्रै हुन्छन् भन्ने सोचलाई कम गराउन र समाजमा रचनाताम्क काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको हेमन्त प्रकास वलीले बताउनु भयो ।‘सबै साथीहरुले नयाँ र रचनात्मक काम गरौ भनेर प्रयास गरेका हौँ,’ उहाँले भन्नु भयो , ‘मूल्यवृद्धिको विरोधमा बन्द भएपनि त्यसलाई सदुपयोग गरेर रचनात्मक बनाएका छौँ।’

बन्दको समयमा यस्तो गरेमा नियमित अवस्थाको भन्दा राम्रो हुने र सडक खाली भएको बेला गरिएको पेन्टसमेत दीर्घकालिन हुने विश्वास आफूहरुले लिएको उहाँले बताउनु भयो ।लामो समयदेखि जेव्राक्रसिङहरु मेटिदै गएको अवस्था हुँदा समेत त्यसको संरक्षण नभएको देखेर यसलाई नयाँ बनाइएको वलीले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu