शिवराजमा ४३ खोप केन्द्र वाट हैजा खोप दिईने
कपिलवस्तु-
कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु र जिल्लाका १० वटै पालिकाहरु खोपको तयारीमा जुटेका छन ।
सोहि अनुसार शिवराज नगरपालिकाले खोप अभियानलाई प्रभावकारी वनाउन नियमित रुपमा पालिका स्तरीय अभिमुखिकरण गर्दै आएको छ ।
शिवराजमा यहि मंसिर ७ गतेदेखि १२ सम्म संचालन गरिने हैजा खोप अभियान प्रभावकारी वनाउन नगर मंगलबार खोप समन्वय समिति र शिवराज नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्षबिच अभिमुखिकरण भएको शिवराज नगरालिका स्वास्थ्य शाखा प्रमुख चुराणि भट्टराईले जानकारी दिनु भयो ।
वडा स्तरमा स्वास्थ्यकर्मि,खोप केन्द्रमा खटिने स्वयसेविका र वडा स्तरीय खोप समन्वय समितिबिच अभिमुखिकरण संचालन भईरहेको उहाँले वताउनु भयो ।
आगामि ७ गते देखि १२ गते सम्म संचालन हुने हैजा खोप नियन्त्रणका लागि नगर भित्र प्रत्येक दिन ४३ वटा खोप केन्द्रबाट सेवा प्रदान गरीने भट्टराईले जानकारी दिनु भयो । शिवराज नगरपालिकामा ६४ हजार ७७८मात्रा खोप उपलब्ध हुने भट्राईले जाकारी दिनु भयो ।
अभिमुखिकरण कार्यक्रममा जुटेका वडा अध्यक्ष एवम सहभागि प्रतिनिधिहरुले खोप अभियानको चुनौती ,समस्या र त्यस्को प्रभावकारीताको वारेमा छलफल गरेका थिए । कार्यक्रममा हैजा खोप र यसको प्रभावकारिता बारे छलफल हुँदै आएको छ ।
मङ्सिर ५ गतेदेखि यशोधरा गाउँपालिकाबाट खोप अभियान सुरु हुने भएको छ । अन्य चार पालिकामा मङ्सिर ७ गतेदेखि खोप सञ्चालन हुने बताइएको छ
जिल्लाका लागि दुई लाख ५२ हजार ३६३ मात्रा खोप उपलब्ध हुने भएको छ । यशोधरा गाउँपालिकामा ३७ हजार ७८३, महाराजगञ्ज नगरपालिकामा ५३ हजार १५६, कृष्णनगर नगरपालिकामा ६० हजार ७४३ र विजयनगर गाउँपालिकामा ३५ हजार ९०३ मात्रा खोप वितरण हुने बताइएको छ ।