Connect with us
Kapilvast Forest

रुपन्देहीको रोहिणीमा युवकको अपहरण

२०७८, १ मंसिर बुधबारमा प्रकाशित

बुटवल- रुपन्देहीको दक्षिणी सीमावर्ती क्षेत्रमा एक युवकको अपहरण भएको छ ।रोहिणी गाउँपालिका(२ मैनिहवाका २१ बर्षीय अनिल कहारलाई भारतमा बस्ने ४ जनाले अपहरण गरेको परिवारको दाबी छ ।

 

भारततर्फका सञ्जय यादव, बाबुराम यादव, बेचु यादव र अनिल यादवले फोन गरेर अनिललाई दशगजामा बोलाएको र त्यहाँबाट मोटरसाइकलमा भारततर्फ नै लगेको अनिलकी आमा सुधा कहारले बताउनु भयो ।

आफ्नो छोरालाई बुधबार साँझ करिब साढे ६ बजे सञ्जय यादवको समूहले अपहरण गरी लगेको बताउनु भएको छ । अपहरणमा संलग्नहरुको दोहोरो नागरिकता रहेको स्थानीयको दावी छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले भनु भयो कहारलाई नेपालबाट नभई भारतबाट नै नियन्त्रणमा लिएको बुझिएको बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu