शशांकलाई सिंहको जवाफ :मेरो राजनीतिक इतिहास हेर्नुस्
काठमाडौं-नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफूविरुद्ध दुष्प्रचार गर्नेहरुले हद नाघेको टिप्पणी गर्नु भएको छ । विराटनगरमा गणेशमान सिंह स्मृति फाउण्डेसनद्वारा बुधबार आयोजित कार्यक्रममा उनले पार्टीमा सम्भयताको बहस हुने गरेपनि आफूविरुद्ध टिप्पणी गर्नेहरु असभ्य भएको उल्लेख गर्नु भयो ।
महामन्त्री शशांक कोइरालाले आजै मात्र एक कार्यक्रममा सभापतिका आकांक्षी रहेका सिंहलाई काठमाडौं बाहिरका नेता कार्यकर्ताले नचिनेको टिप्पणी गर्नु भएको थियो । त्यसको जवाफ दिँदै उनले आफू ‘ग्रासरुट’ बाट राजनीति र संगठन गरेर आएको मान्छे भएको बताउनु भयो । पदमा बसेर काम नगरेकाहरुले आफूविरुद्ध कुप्रचार गरेको उहाँको भनाइ छ ।
“संविधान जारी हुँदा उपप्रधानमन्त्री भएको मान्छे हुँ, गिरिजाप्रसाद कोइरालाको उपसभापति, सुशील कोइरालाको निर्वाचित महामन्त्री र शेरबहादुरले पार्टी विभाजन गर्दा पनि जिम्मेवार पदमा बसेर काम गरेको मान्छे हुँ म,” उहाँले भन्ु भयो , ‘आफू कुनै पदमा बसेको छैन । अरुलाई पनि त्यही देख्ने , फलानेको के छ के छ भन्दै उफ्रने
नेता सिंहले पहिले पहिले काठमाडौंले पनि नचिन्ने भन्दै आफूविरुद्ध प्रचार भए पनि पछिल्लो समय काठमाडौं बाहिर कसैले नचिन्ने भन्दै दुस्प्रचार नियतबस हुन थालेको भन्दै कडा आक्रोश पोख्नु भयो ।आफू १२ औं महाधिवेशनमा सभापति सुशील कोइरालाले भन्दा बढी मत ल्याएर महामन्त्री जितेको भन्दै अहिले आफूसँग भोट छैन भन्नेहरुले इतिहास हेर्न अनुरोध गर्नु भयो ।
‘पहिले काठमाडौंमा चिन्दै भन्थे अहिले काठमाडौंमा चाहिँ चिन्छ बाहिर चाहिँ चिन्दैन भन्छन्,’ उनले भने । नेता सिंहले आफ्नो राजनीतिक इतिहास पल्टाएर हेर्न पनि आग्रह गर्न भयो । आफू गणेशमान र मंगलादेवीको छोरा भए पनि पार्टी र देश संकटमा पर्दा ज्यानको बाजी राखेर आन्दोलनमा होमिएको बताउनु भयो ।
“हो म गणेशमान र मंगलादेवीको छोरा हुँ र म पार्टी संकटमा हुँदा ज्यानलाई बाजी राखेर काम गरेको मान्छे पनि हुँ,” उहाँले भन्नु भयो ।