हैजा नियन्त्रणका विजय नगरमा ७ गते देखि खोप दिइने
कपिलवस्तु- हैजा नियन्त्रणका लागि विजयनगर गाउँ पालिका खोपको तयारीमा जुटेको छ । पालिकाले खोप अभियानलाई प्रभावकारी वनाउन नियमित रुपमा पालिका स्तरीय अभिमुखिकरण गर्दै आएको छ ।
विजयनगरमा यहि मंसिर ७ देखि १२ गतेसम्म संचालन गरिने हैजा खोप अभियान प्रभावकारी वनाउन बुधबार पालिका अध्यक्ष ,उपाध्यक्ष ७ वटै वडाका अध्यक्ष कार्यपालिका सदस्य , विद्यालयको प्रधानाध्यापक ,संघ संस्था सहित अभिमुखिकरण भएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनु भयो ।आगामि ७ गते देखि १२ गते सम्म संचालन हुने हैजा खोप नियन्त्रणका लागि पालिका भित्र प्रत्येक दिन २४ वटा खोप केन्द्रबाट सेवा प्रदान गरीने अधिकारी ले जानकारी दिनु भयो ।
वडा स्तरमा स्वास्थ्यकर्मि,खोप केन्द्रमा खटिने स्वयसेविका र वडा स्तरीय खोप समन्वय समितिबिच अभिमुखिकरण संचालन भईरहेको उहाँले वताउनु भयो । । विजयनगर गाउँ पालिकामा ३५ हजार ९०३ खोप उपलब्ध हुने अधिकारी ले जाकारी दिनु भयो ।
मङ्सिर ५ गतेदेखि यशोधरा गाउँपालिकाबाट खोप अभियान सुरु हुने भएको छ । अन्य चार पालिकामा मङ्सिर ७ गतेदेखि खोप सञ्चालन हुने बताइएको छ । जिल्लाका लागि दुई लाख ५२ हजार ३६३ मात्रा खोप उपलब्ध हुने भएको छ ।