Connect with us
Kapilvast Forest

धर्नामा प्रहरी दमन:३ बजे आकस्मिक पत्रकार सम्मेलन

२०७८, २ मंसिर बिहीबारमा प्रकाशित

 

काठमाडौं -नेपाल बार एशोसियसनले कडा आन्दोलनको तयार गरेको छ ।बिहीबार सर्वोच्च अदालत पसिरसमा भएको पूर्वघोषित शान्तिपूर्ण धर्नामा दंगा प्रहरीले कानुन व्यवसायीमाथि बर्बरतापूर्ण आक्रमण गरेको भन्दै बारले कडा आन्दोलनको तयारी गरेको हो ।

प्रहरीको दमनपछि बारले थप कडा कार्यक्रमहरूकाे घाेषणा गर्दैछ । जसको जानकारी दिन एशोसियसनले दिउँसो ३ बजे बारकाे सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेको अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा दुई साताभन्दा लामो समयदेखि धर्ना र विरोध कार्यक्रम गर्दै आएको छ ।

यसअघि पनि शान्तिपूर्ण विरोध गरिरहेको बारमाथि प्रहरीले दमन गरेपछि सर्वोच्च अदालतमा प्रधानन्यायधीशको प्रवेशलाई रोक्ने घोषणा गरेको थियो । यद्यपि उक्त कदम अहिलेसम्म सफल हुन सकेको छैन ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu