Connect with us
Kapilvast Forest

कपिलवस्तुमा करिब ६० प्रतिशत जनगणनाको काम सम्पन्न

२०७८, २ मंसिर बिहीबारमा प्रकाशित

 

कपिलवस्तु- कपिलवस्तुमा राष्ट्रिय जनगणना २०७८ को काम आज (विहिवार)सम्म करिब ६० प्रतिशत सकिएको छ । ‘मेरो गणना मेरो सहभागीता’ भन्ने मूल नाराका साथ सञ्चालन भईरहेको १२ औं जनगणनाको जिल्लामा (विहिवार)सम्म करिब ६० प्रतिशत काम सकिएको हो ।

 

जिल्लामा जनगणनाको कार्यलाई प्रभावकारी बनाउन हरेक दिन निरन्तर अनुगमनको कार्य पनि भईरहेको जिल्ला जनगणना कार्यालय कपिलवस्तुका प्रमुख नन्दलाल कुर्मीले बताउनुभयो । गणकहरुले लापरवाही गरेको तथा गलत तथ्याङ्क लिएको भन्ने खबरहरुमा कुनै सत्यता नरहेको उहाँले दाबी गर्नुभयो ।

गलत तथ्याङ्क लिदाँ गणकहरुलाई कुनै लाभ नहुने बरु कुनै राजनितिक व्यक्तिहरुले यसो उसो विवरण टिपाउनु भन्ने गरेको हुन सक्ने प्रमुख कुर्मीको भनाई छ । नागरिकहरुले आफ्नो घर–घरमा आउने गणकहरुलाई सहि, सत्य, तथ्य विवरण दिई सहयोग गरिदिन प्रमुख कुर्मीले आग्रह गर्नुभएको छ । यस्तै गणकहरुले संकलन गरेको तथ्यांक सामुहिक प्रयोजनमा मात्र प्रयोग हुने भन्दै व्यक्तिगत विवरण सुरक्षित रहने भएकाले कुनै संकोच नमानि वास्तवित विवरण उपलब्ध गराउन आह्वान गर्नुभएको छ ।

 

उहाँले आफ्नो गाउँठाउँमा कुनै जनगणना सम्बन्धि समस्या भए जिल्ला जनगणना कार्यालय कपिलवस्तु अथवा नजिकको सम्बिन्धत व्यक्तिलाई सम्पर्क आग्रह गर्नुभयो । १०/१० वर्षमा गरिने जनगणनाले देश विकासका लागि खाका तयार गर्न सहयोग पुग्ने जनाउँदै कुर्मीले नागरिकले आफ्नो दायित्व सम्झेर तथ्यांक संकलनमा सहयोग गर्नुपर्ने धारणा राख्नुभएको छ ।

यता गणकहरुले पनि जनगणना गर्ने क्रममा त्यस्तो कुनै ठोस समस्या नरहेको बताएका छन् । अहिले व्यक्तिहरु आफै सचेत भईसकेकाले विवरण संकलन गर्न सजिलो भएको उनीहरुको भनाई छ ।

 

जिल्लाका १० पालिकामा ५ सय ८२ जना गणक र १३९ जना सुपरीवेक्षकहरु खटिएका छन् । बाणगंगामा १०६ र बुद्धभूमिमा ७७ जना गणक खटिएका जनगणना अधिकारी टंक प्रसाद आचार्यले जानकारी दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu