एबी डे भिलियर्सद्वारा सबैखाले क्रिकेटबाट सन्यास
काठमाडौं-दक्षिण अफ्रिकन लेजेण्ड एबी डे भिलियर्सले सबैखाले क्रिकेटबाट सन्यास घोषणा गर्नु भएको छ ।३७ वर्षीय डे भिलियर्सले १७ वर्षे करियर टुङ्याउँदै ट्वीटरमार्फत सन्यासको घोषणा गर्नु भएको हो ।
यो यात्रा राम्रो रह्यो तर क्रिकेटको सबै फर्मबाट सन्यास लिने निर्णय गरेको छु’ डे भिलियर्सले शुक्रबारको स्टेटमेन्टमा भन्नु भएको छ ।
उहाँले दक्षिण अफ्रिकाका लागि ११४ टेष्ट, २२८ ओडिआई र ७८ टी२० आई खेल्नु भएको छ । डे भिलियर्सले ओडिआईमा सबैभन्दा छिटो अर्धशतक, शतक र १५० रन बनाउने कीर्तिमान बनाउनु भएको छ।